Like us!
Follow us!
Connect us!
Watch us!

तस्विरमा सहिद दिवस

मंगलबार, १६ माघ २०७४, १४ : ३९ मा प्रकाशित

तस्विरमा सहिद दिवस

अर्थ संसार, काठमाडौं– राष्ट्र र जनताको हितका लागि जीवन उत्सर्ग गर्ने सहिदको सम्झना मा आज देशैभर सहिद दिवस मनाइएको छ ।

स्वतन्त्रता र प्रजातन्त्र प्राप्तिका लागि ज्यान उत्सर्ग गरी अमरत्व प्राप्त गर्ने सहिदको सम्मानमा हरेक वर्ष आजैका दिन सहिद दिबस मनाउने गरीन्छ ।

बि.सं १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई टेकुस्थित खरीको रुखमा झुण्डाएर तत्कालीन राणा शासकले हत्या गरेका थिए ।

त्यसको दुई दिन पछि माघ १२ गते सिफलमा धर्मभक्त माथेमालाई र माघ १५ गते दशरथ चन्द ठाकुर र गंगालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।

वीर शहिद अमर रहुन, शहिदहरुको सपना साकार पारौं भन्ने नारासँगै शहिदहरुको स्मरणमा श्रद्धाञ्जली तथा स्मरणसभा भैरहेका छन् ।

तर पछिल्लो समय सवारी दुर्घटना र अन्य कारणले मारिएकालाई पनि जथाभावी सहिद घोषणा गर्ने प्रचलन बसेका कारण वास्तविक सहिदप्रति अवमूल्यन भएको गुनासो बढेको छ ।शहिदको साहस, सङ्कल्प र आदर्शलाई सम्मान गर्नुपर्ने आम नागरिकको भनाई छ ।

२००७ सालमा जहाँनिया राणा शासन बिरुद्ध लागेको भन्दै धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई तत्कालीन राणाशासानले फाँसी दिएको थियो ।

त्यसपछि १९९७ सालमा निरङ्कुश जहानियाँ राणा शासनको अन्याय र अत्याचारविरुद्ध लड्ने सिलसिलामा शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द तथा धर्मभक्त माथेमाले सहादत प्राप्त गरेका थिए ।

तिनै सहिदहरु बलिदान र त्यसबाट प्राप्त प्रेरणाले नै १ सय ४ वर्षको निरंकुश जहानियाँ राणा शासनको अन्त्य र २००७ सालमा प्रजातन्त्र स्थापना सम्भव भएको थियो । चारजना सहिदहरुलाई मृत्युदण्ड दिइएको सम्झनामा आजको दिन सहिद दिवस मनाउने गरिन्छ ।

5a7035c9c549b.JPG 5a7035cda554e.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको