अर्थ संसार, काठमाडौँ - महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरमा चालू आवमा थप १५ किलोमिटर नहर निर्माणको तयारी हुँदैछ ।
महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यालय भीमदत्तनगरले हालै १५ किलोमिटर नहर निर्माणका लागि निर्माण कम्पनीलाई ठेक्का दिएको छ । पन्ध्र किलोमिटर मूल नहर निर्माणका लागि तीनवटा समूहमा ठेक्का दिइएको छ ।
आगामी चैत महिनादेखि नै नहर निर्माणको काम शुरु हुने आयोजनाको कार्यालयले जनाएको छ ।
महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यालय भीमदत्तनगरमा सिनियर डिभिजनल इन्जिनियर (सिडिइ) वीरसिंह धामीले तेस्रो चरणअन्तर्गत नहर निर्माणको ठेक्का भइसकेको जानकारी दिए ।
बितेको तीन वर्षमा तेस्रो चरणअन्तर्गत करिब १३ किलोमिटर मूल नहर निर्माण भइसकेको छ भने १३ दशमलव ६ मिटर चौडाइको मूल नहर कैलालीको मालाखेतीसम्म पु¥याउने लक्ष्य छ ।
चालू आवबाट १२ दशमलव ६९० किलोमिटरबाट नहर निर्माण शुरु भएर करिब २८ किलोमिटरसम्म आगामी तीन वर्ष्भित्र पुग्ने छ ।
अबको तीन वर्षभित्र शुक्लाफाँटा नगरपालिकाको उत्तरमा रहेको फुलेली गाउँसम्म मूल नगर पुग्छ, उनले भने – पन्ध्र किलोमिटर नहर निर्माणका लागि रु दुई अर्ब ९४ करोड निर्माणमा खर्च हुनेछ ।
उहाँले आयोजनाअन्तर्गतको नहर निर्माण भए कैलालीको मालाखेती र कञ्चनपुरको पूरै क्षेत्रफल गरी ३३ हजार ५२० हेक्टर सिँचाइ हुनेछ ।
पहिलो र दोस्रो चरणबाट कञ्चनपुरमा ११ हजार ७०० हेक्टर सिँचित भएको छ, धामीले भने – तोकिएको समयसीमाभित्र नहर निर्माण पूरा हुने सम्भावना निकै कम छ ।
स्वीकृत योजनाअनुसार सन् २०२२ भित्र नहर निर्माण सक्ने भनिए पनि हालसम्म थोरै नहर निर्माण भएको छ ।
त्यसैगरी भारतले तेस्रो चरणको निर्माणका लागि दिने भनेको बजेट अहिलेसम्म प्राप्त नभएको उनले बताए ।
अहिलेसम्म सरकारकै लगानीमा नहर बन्दैछ । उनले भने – तेस्रो चरणका लागि भारतले दिने भनेको रु १६ अर्ब यहाँ आइपुगेको छैन ।
तेस्रो चरण नहरको टनकपुर क्षेत्रको भारतीय भूमिमा करिब १ दशमलव २ किलोमिटर नहर भारतले निर्माण गर्नुपर्ने एकीकृत महाकाली सन्धिमा उल्लेख छ ।
झण्डै १३ किलोमिटर नहर निर्माणका लागि गत पुस मसान्तसम्म रु एक अर्ब ६० करोड खर्च भइसकेको आयोजनाको कार्यालयले जनाएको छ ।
रु ६० करोड मुआब्जामै खर्च भयो, आयोजनाका सिडिइ धामीले भन्नुभयो– शुक्लाफाँटा निकुञ्ज क्षेत्रमा नहर निर्माणका लागि प्रक्रिया अघि बढेको छ ।
नहरसँगै साइफन, पुल, ग्रामीण पुल र सडकमा ग्राइभेललगायत काम भइरहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस