नेपाली बजारमा Maxus MIFA 7 विद्युतीय कार भित्रिने भएको छ । नाइमा मोबिलिटी एक्स्पोमा यो MPV (मल्टी–प्रपोज भेहिकल) सार्वजनिक हुन लागेको हो ।
७ सिट क्षमताको यस लक्जरी मोडललाई म्याक्ससको नेपालका लागि आधिकारिक वितरक हिमालयन मोट्रक्सले भित्र्याउन लागेको हो । हिमालयन मोट्रक्सका प्रबन्ध निर्देशक सौरव थापाका अनुसार यो गाडी कम्पनीले साउन २१ गतेदेखि सुरु हुने नाइमा मोबिलिटी एक्स्पोको अवसरमा लन्च गर्ने तयारी गरेको छ ।
७७ किलोवाट आवर र ९० किलोवाट आवर ब्याट्री क्षमता रहेको Maxus MIFA 7 ले डीसी फास्ट चार्जर सर्पोट गर्नेछ । ४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने भनिएको यस मल्टी–प्रपोज भेहिकलमा इलेक्ट्रिक स्लाइडिङ ढोका, AEB, ब्लाइन्ड स्पट मोनिटरिङ, ३६० डिग्री क्यामेरा, लेन–कीप असिस्ट जस्ता सुरक्षा फिचर्स छन् ।
यसले Euro NCAP, C-NCAP, A-NCAP मा ५ स्टार रेटिङ पाएको छ । रेन्ज, गाडी भित्रको स्पेश र सुरक्षाको उच्च स्तरले यसलाई नेपाली बाटो सुहाउँदो मोडलका रुपमा हेरिएको छ ।
यद्यपी, कम्पनीले अन्य विशेषता र मूल्यबारे औपचारिक लन्चकै बेला जानकारी गराउने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस