Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिको संख्या करिब २४ लाख,  ८३ अर्ब संकलन हुँदा २ अर्ब भुक्तानी

अर्थ संसार

बुधबार, ०७ साउन २०८२, १७ : ०७ मा प्रकाशित

सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिको संख्या करिब २४ लाख,  ८३ अर्ब संकलन हुँदा २ अर्ब भुक्तानी

सामाजिक सुरक्षा कोषमा आबद्ध हुने श्रमिक संख्या करिब २४ लाख पुगेको छ । हालसम्म २३ लाख ७४ हजार ४८६ जना श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भएको कोषले जनाएको छ ।

कोषले बुधबार पत्रकार सम्मेलन मार्फत आर्थिक वर्ष २०८१/८२ का उपलब्धि सार्वजनिक गर्दै उक्त आर्थिक वर्षसम्ममा ८ लाख ८२ हजार ९४६ श्रमिक थप भई कुल २३ लाख ७४ हजार ४८६ पुगेको जनाएको छ । यसमध्ये औपचारिक क्षेत्रका ६ लाख १ हजार ८२५ पुगेका छन् । वैदेशिक रोजगारतर्फ १७ लाख ७१ हजार ५३७ पुगेको छ । स्वरोजगारतर्फका श्रमिक संख्या १ हजार १ सय २४ छ । २०८१/८२ सम्म कुल रोजगारदाता सूचीकरण २० हजार ९५१ पुगेको कोषले जनाएको छ । 

गत आव २५ अर्ब ३६ करोड योगदान रकम संकलन भएको कोषले जनाएको छ । यससहित कुल योगदान रकम संकलन ८३ अर्ब २५ करोड पुगेको समेत कोषले सार्वजनिक गरेको छ । गत आर्थिक वर्षमा कोषले औषधोउपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तर्गत १ लाख १० हजार ६९६ योगदानकर्तालाई २ अर्ब १५ करोड रुपैयाँ भुक्तानी गरेको छ ।

त्यस्तै दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत ५ हजार ९३३ योगदानकर्तालाई २० करोड भुक्तानी गरिएको छ । आश्रित परिवार सुरक्षा योजना अन्तर्गत ७ सय ४५ जनालाई २६ करोड र वृद्धावस्था सुरक्षा योजना अन्तर्गत १ लाख १२ हजार ८६८ योगदानकर्तालाई १३ अर्ब १३ करोड भुक्तानी गरिएको छ । गत आवमा कुल ३ लाख ६२ हजार दाबी भुक्तानी मार्फत ५ अर्ब ८७ करोड भुक्तानी गरिएको छ । यससँगै कोषले कुल ७ लाख ५६ हजार दाबी भुक्तानी मार्फत १५ अर्ब ७५ करोड भुक्तानी गरिसकेको जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको