Like us!
Follow us!
Connect us!
Watch us!

वृद्धवृद्धाले पाउँदै आएको भत्ता यथावत्

अर्थ संसार

सोमबार, १५ जेठ २०८०, १९ : ११ मा प्रकाशित

वृद्धवृद्धाले पाउँदै आएको भत्ता यथावत्

सरकारले सामाजिक सुरक्षा भत्ता यथावत् राख्ने निर्णय गरेको छ । वृद्धवृद्धाले पाउँदै आएको ४ हजार निरन्तर रहने अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिएको छ । ६८ वर्षमा सामाजिक सुरक्षा भत्ता दिइँदै आएको थियो । 

आर्थिक वर्ष २०८०–०८१ को बजेट पेस गर्दै अर्थमन्त्री डा. महतले सामाजिक सुरक्षाका लागि १ खर्ब ५७ अर्ब ७३ करोड बिनियोजन गरेको जानकारी दिए । अर्थमन्त्री महतले आगामी आर्थिक वर्ष २०८०–८१ बजेट सार्वजनिक गर्दै गत वर्षको भन्दा २३ अर्व बढी रकम यो शीर्षकमा छुट्ट्याएका छन् ।

६० वर्ष पूरा भएका दलित, एकल महिला, विपन्न, सीमान्तकृत वर्ग र समुदाय तथा बालबालिकालाई दिँइदै आएको सामाजिक सुरक्षा भत्ताका लागि रकम विनियोजन गरिएको छ ।

छात्रवृति, स्वास्थ्योपचार, स्वास्थ्य बीमा लगायतका क्षेत्रमा प्रदान गरिएको सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिएको छ । उक्त रकम पनि अपुग भएपछि सरकारले सेवा निवृत्त कर्मचारीको पेन्सन दिन अतिरिक्त स्रोत खोज्नुपरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको