Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोष ऐन संशोधनका लागि अर्थमन्त्रालय माग्यो सुझाब

अर्थ संसार

विहीबार, ०८ साउन २०८२, १५ : ३९ मा प्रकाशित

नागरिक लगानी कोष ऐन संशोधनका लागि अर्थमन्त्रालय माग्यो सुझाब

अर्थमन्त्रालयले नागरिक लगानी कोष ऐन २०४७ लाई संशोधन गरी अद्यावधिक गर्ने उद्देश्यले सुझाब माग गरेको छ । मन्त्रालयले ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ को मसौदा तर्जुमा गर्दै राय सुझाब माग गरेको हो । 

उक्त मसौदा उपर राय सुझाव भएमा यो सूचना प्रकाशन भएको १० दिनभित्र पठाउन अर्थ मन्त्रालयले आग्रह गरेको छ । राय सुझावहरू मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको इमेल ठेगाना [email protected] मा प्राप्त हुने गरी उपलब्ध गराउन सकिनेछ ।

विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) को प्रयोजनका लागि यो सूचना प्रकाशन गरिएको मन्त्रालयले स्पष्ट पारेको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको