विश्वप्रसिद्ध इलेक्ट्रिक सवारी ब्रान्ड याडियाले आफ्नो अत्याधुनिक ‘भेलक्स सिरिज’ नेपाली बजारमा भित्र्याउने भएको छ।
नाइमा अटो शो २०२५ को अवसर पारेर याडियाले तीन मोडेलसहित औपचारिक प्रवेश गर्ने तयारी गरेको हो। नेपालमा याडियाको एक मात्र आधिकारिक वितरक कुजु नेपाल प्रा.लि. ले सार्वजनिक गर्ने स्कुटरहरूमा भेलक्स फास्ट चार्जिङ, भेलक्स यु – अल्ट्रा परफरमेन्स र भेलक्स एच – हाई परफरमेन्स रहेका छन्।
सबैभन्दा आकर्षक मोडल मानिएको भेलक्स फास्ट चार्जिङ स्कुटर २० मिनेटमै ८० प्रतिशतसम्म चार्ज हुन सक्नेछ। यसमा ७६ भोल्ट, ३० एएच क्षमताको एलएफपी ब्याट्री प्रयोग गरिएको छ, जसले ११० किलोमिटरसम्मको रेन्ज दिनेछ।
यस्तै, भेलक्स यु मा ४.९ किलोवाट क्षमताको शक्तिशाली मोटर राखिएको छ। यसको टप स्पीड ८० किमी प्रतिघण्टा रहेको छ भने यसमा ७४ भोल्ट, २० एएचको एलएफपी ब्याट्री प्रयोग गरिएको छ, जसले १४० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ।
तेस्रो मोडल भेलक्स एच मा ३.२ किलोवाट क्षमताको मोटर छ र यसमा ७२ भोल्ट, ३० एएच एलएफपी ब्याट्री जडान गरिएको छ। यो स्कुटरले १०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ। कम्पनीका अनुसार, तीनै स्कुटरमा एलएफपी ब्याट्री प्रयोग गरिएकोले सुरक्षित, टिकाउ र भरपर्दो परफर्मेन्स प्राप्त हुने विश्वास गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस