Like us!
Follow us!
Connect us!
Watch us!

शंकर देव क्याम्पसमा बास्केटबल प्रशिक्षण क्याम्प, प्रशिक्षक र खेलाडीलाई सम्मान

अर्थ संसार

सोमबार, १२ साउन २०८२, १३ : ३४ मा प्रकाशित

शंकर देव क्याम्पसमा बास्केटबल प्रशिक्षण क्याम्प, प्रशिक्षक र खेलाडीलाई सम्मान

शिक्षादेखि नेतृत्वसम्म, खेलकुददेखि स्वास्थ्यसम्म, देशभक्तिदेखि समर्पणसम्म र अनुशासनदेखि एकतासम्मको अभियानमा अघि बढिरहेको अनेरास्ववियू शंकर देव क्याम्पस कमिटीले आयोजना गरेको निशुल्क बास्केटबल प्रशिक्षण क्याम्प २०८२ सफलतापूर्वक सम्पन्न भएको छ।

श्रावण ४ गतेदेखि १० गतेसम्म सप्ताहव्यापी रूपमा सञ्चालन भएको उक्त क्याम्पमा विभिन्न उमेर समूहका छात्रछात्राहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

NEBA Certified Coach श्री सौरभ श्रेष्ठको प्रशिक्षणमा ६० जना भन्दा बढी विद्यार्थीहरू प्रत्यक्ष रूपमा लाभान्वित भए, जसले उनीहरूको खेलकुद क्षमतामा मात्र होइन, आत्मविश्वास, अनुशासन र टीमवर्कको भावनामा समेत सकारात्मक परिवर्तन ल्याएको देखियो। क्याम्पको समापन तथा प्रमाणपत्र वितरण समारोह श्रावण ११ गते भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा अध्यक्षता अनेरास्ववियू शंकर देव क्याम्पस कमिटीका अध्यक्ष कमरेड निर्तिक घर्तिमगरले गर्नुभएको थियो भने, प्रमुख अतिथिको रूपमा अनेरास्ववियू केन्द्रिय कमिटीका अध्यक्ष कमरेड महेश श्रेष्ठको उपस्थिति थियो।

त्यसैगरी, विशिष्ट अतिथिका रूपमा सह–अध्यक्ष मिलन राई तथा उपाध्यक्षहरू अशोक थापा, कल्याण दाहाल, खेलकुद विभाग प्रमुख कैलास गिरि, उप–प्रमुख डिबी अले मगर, उपत्यका संयोजक एल.के. राई, केन्द्रीय सदस्य सुनिल खनाल र मनोज चन्दजस्ता केन्द्रिय नेताहरूको उपस्थितिले कार्यक्रमलाई थप गौरव प्रदान गर्‍यो। कार्यक्रमको उद्घोषण अनेरास्ववियू शंकर देव क्याम्पस कमिटीका सचिव युनिक लोहनीले गरेका थिए। उनका अनुसार, 'खेलकुद शारीरिक तन्दुरुस्तीको माध्यम मात्र होइन, युवाहरूमा अनुशासन, नेतृत्व र राष्ट्रप्रतिको जिम्मेवारी जागृत गराउने अभियान पनि हो।' समारोहमा प्रशिक्षक, सहभागी खेलाडीहरू, आयोजक टिम र अतिथिहरूलाई सम्मान गर्दै प्रमाणपत्र प्रदान गरिएको थियो। यस आयोजनामार्फत अनेरास्ववियू शंकर देव क्याम्पस कमिटीले पुनः एकपटक पुष्टि गर्‍यो— 'युवाको सक्रियता, अनुशासन र संगठनशक्तिमार्फत मात्र समृद्ध राष्ट्र निर्माण सम्भव छ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको