Like us!
Follow us!
Connect us!
Watch us!

पुनरावलोकनपछि एमसीसी परियोजना यथावत्, सम्झौताअनुसार कार्यान्वयन अगाडि बढ्ने

अर्थ संसार

सोमबार, १२ साउन २०८२, १३ : ३९ मा प्रकाशित

पुनरावलोकनपछि एमसीसी परियोजना यथावत्, सम्झौताअनुसार कार्यान्वयन अगाडि बढ्ने

नेपाल सरकार र अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको सम्झौता अनुसार परियोजनाहरूको कार्यान्वयन अब नियमितरूपमा अगाडि बढ्ने भएको छ। अमेरिकी सरकारले हालै सम्पन्न गरेको वैदेशिक सहायता समीक्षा प्रक्रियाले नेपालमा सञ्चालित एमसीसी परियोजनालाई निरन्तरता दिन सिफारिस गरेको छ।

मन्त्रालयद्वारा सार्वजनिक विज्ञप्तिमा उल्लेख गरिएअनुसार, २०७९ भदौ २९ मा सम्पन्न कम्प्याक्ट कार्यान्वयन अन्तर्गत अमेरिकाका राष्ट्रपतिकाे जनवरी २०, २०२५ को कार्यकालअवधिभित्र पुनरावलोकनका लागि सिफारिस गरिएको थियो। सोही अनुरूप एमसीसीले साउन १२ (जुलाई २८, २०२५) मा पुनरावलोकन कार्य सम्पन्न भएको जानकारी नेपाल सरकारलाई दिएको छ।

साथै, कम्प्याक्टको कार्यान्वयनमा निरन्तरता दिन सिफारिस गरिएको सूचना पनि प्राप्त भएकोले सम्बन्धित सरकारी निकायलाई जानकारी गराइएको अर्थमन्त्रालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको