Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल–भारत अन्तरदेशीय भुक्तानी : बिफिनको 'पावर टक' मा डिजिटल सहकार्यबारे संवाद

अर्थ संसार

मंगलबार, १३ साउन २०८२, १० : ५१ मा प्रकाशित

नेपाल–भारत अन्तरदेशीय भुक्तानी : बिफिनको 'पावर टक' मा डिजिटल सहकार्यबारे संवाद

नेपाल र भारतबीचको अन्तरदेशीय (क्रस–बोर्डर) भुक्तानी प्रणालीलाई सुरक्षित, सहज र प्रभावकारी बनाउन काठमाडौंमा उच्चस्तरीय छलफल सम्पन्न भएको छ।

बैंकिङ, फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिफिन) द्वारा आयोजित ‘Cross-Border Payments and Digital Integration: Policy, Infrastructure and Way Forward’ शीर्षकको `पावर टक´मा सोमबार दुबै देशका केन्द्रीय बैंकका अधिकारी, बैंक तथा फिनटेक क्षेत्रका विज्ञहरू सहभागी थिए।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र थिए भने  भारतीय रिजर्भ बैंकका फरेन एक्सचेञ्ज विभागका चीफ जनरल म्यानेजर (इन–चार्ज) डा. आदित्य गइहा मुख्य वक्ताको रूपमा थिए।  उनले छलफलमा भारतको अन्तरदेशीय भुक्तानी प्रणाली, नीतिगत संरचना र डिजिटल एकीकरणका अभ्यासहरूबारे अनुभव साझा गरे ।

डा. गइहाले डिजिटल ग्लोबलाइजेशनले वित्तीय क्षेत्रलाई पुनःपरिभाषित गर्दै अन्तरदेशीय कारोबारलाई छिटो, सस्तो र पारदर्शी बनाइरहेको उल्लेख गर्दै फास्ट पेमेंट सिस्टम जोड्ने प्रोजेक्ट नेक्सस, UPI र स्थानीय मुद्रामा भुक्तानी गर्ने अभ्यास भारतका प्रमुख प्राथमीकता भएको बताए । उनले रुपैयाँको अन्तर्राष्ट्रियकरण र डिजिटल सार्वजनिक पूर्वाधार (DPI) ले भविष्यमा दुई देशबीचको भुक्तानी प्रणाली अझ सहज बनाउने विश्वास व्यक्त गरे।

छलफलमा नेपाल राष्ट्र बैंकका फरेन एक्सचेन्ज म्यानेजमेन्ट विभागका रेवती प्रसाद नेपाल, नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका निर्देशक सुभाष चन्द्र घिमिरे,एनसीएचएलका सीईओ नीलेश मान सिंह प्रधान, फोनेपेका सीईओ दिवशकुमार सापकोटा, नेपाल रेमिटका संस्थापक रितेश मित्तल, आइएमई ग्रुपका प्रवीण रेग्मी तथा बीएफआईएनका प्रबन्ध निर्देशक डा.विनोद आत्रेयले  आ–आफ्ना धारणा प्रस्तुत गरे ।  वक्ताहरूले डिजिटल प्रविधिको प्रभावकारी उपयोगमार्फत अन्तरदेशीय भुक्तानी प्रणालीलाई सुरक्षित, सहज र पारदर्शी बनाउन नीति सुधार, प्रविधिमा लगानी, र द्विपक्षीय सहकार्यको सुदृढीकरण अपरिहार्य रहेकोमा जोड दिए। विशेष गरी, नेपाल–भारतबीच रेमिट्यान्स प्रवाह सहज बनाउन डिजिटल पूर्वाधार निर्माण, नियामक लचीलोपन र सार्वजनिक–निजी साझेदारीका अवसरहरूबारे गहन छलफल गरिएको थियो ।

कार्यक्रमले डिजिटल युगमा नेपाल र भारतबीचको वित्तीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने सम्भावनाको खाका प्रस्तुत गरेको बिफिनले जनाएको छ। 

नेपाल राष्ट्र बैंकको प्रवर्द्धनमा स्थापित बिफिन एक अग्रणी तालिम, अनुसन्धान र नीति संवाद संस्था हो । जसले वित्तीय क्षेत्रमा कार्यरत व्यक्ति तथा संस्थाहरूलाई दक्ष, जिम्मेवार र नीतिनिर्माणमैत्री बनाउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको