Like us!
Follow us!
Connect us!
Watch us!

एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा ‘एनआईसी एसिया अठोट लोन एगेन्स्ट सेयर’ योजना सार्वजनिक

अर्थ संसार

मंगलबार, १३ साउन २०८२, १२ : ५४ मा प्रकाशित

एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा ‘एनआईसी एसिया अठोट लोन एगेन्स्ट सेयर’ योजना सार्वजनिक

एनआईसी एशिया बैंकले प्रतिष्पर्धी ब्याजदर (औसत आधार दरमा १ प्रतिशत प्रिमियम थप) मा शेयर धितो राखेर प्रवाह गरिने कर्जा ‘एनआईसी एसिया अठोट लोन एगेन्स्ट सेयर’ को आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ।   

गतिशील बैंकिङको अभ्यास गर्दै आम ग्राहकहरूको आवश्यकता, बजार तथा समयको मागहरूलाई सम्बोधन गर्दै बैंकले ग्राहकहरूमाझ अर्थतन्त्रको एक मुख्य पिलरको रुपमा रहेको सेयरबजारलाई सम्बोधन गर्ने गरी प्रतिस्पर्धी ब्याजदर (औसत आधार दरमा १ प्रतिशत प्रिमियम थप) मा यस सेयर कर्जा योजना सार्वजनिक गरेको हो।

यस अन्तर्गत ग्राहकहरूले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक, वित्तीय संस्था, बीमा कम्पनी लगायतका विभिन्न कम्पनीहरूको साधारण सेयर बैंकमा धितो राखेर कर्जा लिन सक्नेछन्। कर्जा रकमको निर्धारण १८० दिनको सेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्यमध्ये कम हुने मूल्यको ७० प्रतिशतसम्म हुनेछ।

यस योजना अनुसार न्यूनतम ५० लाख रुपैयाँदेखि अधिकतम १५ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको