Like us!
Follow us!
Connect us!
Watch us!

निक्षेपमा २ अर्ब ९२ लगानी गर्दै राष्ट्र बैंक - प्रस्ताव पठाउन बैंक तथा वित्तीय संस्थाहरुलाई आह्वान

अर्थ संसार

मंगलबार, १३ साउन २०८२, १५ : ५६ मा प्रकाशित

निक्षेपमा २ अर्ब ९२ लगानी गर्दै  राष्ट्र बैंक - प्रस्ताव पठाउन बैंक तथा वित्तीय संस्थाहरुलाई आह्वान

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग मुद्दती निक्षेपको रूपमा कुल २ अर्ब ९२ करोड रुपैयाँसम्मको लगानी प्रस्ताव खुला गरेको छ। राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागद्वारा जारी सूचनाअनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गमा रहेका बैंक तथा वित्तीय संस्थाहरूले प्रतिस्पर्धात्मक प्रस्ताव पेश गर्न सक्नेछन्। यो लगानी साउन ११ गतेसम्मको कोषमा आधारित रहनेछ।

प्रस्तावित रकममध्ये:

- २ अर्ब ३४ करोड रुपैयाँ ‘क’ वर्गका वाणिज्य बैंकहरूका लागि,

- ४३ करोड ६७ लाख रुपैयाँ ‘ख’ वर्गका विकास बैंकहरूका लागि, र

- १४ करोड ६२ लाख रुपैयाँ ‘ग’ वर्गका वित्त कम्पनीहरूका लागि छुट्याइएको छ।

राष्ट्र बैंकले प्रस्तावमा सहभागी हुन चाहने संस्थाहरूका लागि केही सर्तहरू पनि तय गरेको छ। तीमध्ये, संस्थाले न्यूनतम पूँजीको अनुपात कायम गरेको हुनुपर्नेछ, निष्क्रिय कर्जा (NPL) ८ प्रतिशतभन्दा बढी हुनु नहुने र खुद निष्क्रिय कर्जा ३ प्रतिशतभन्दा बढी नहुनुपर्नेछ। साथै, तरल सम्पत्ति अनुपात र कर्जा-निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमाभित्र हुनु आवश्यक छ।

यसका अतिरिक्त, शिघ्र सुधारात्मक कारवाहीमा परेका बैंक तथा वित्तीय संस्थाहरूको हकमा कम्तीमा ६ महिना अघिदेखि फुकुवा भइसकेको हुनुपर्नेछ। समस्याग्रस्त संस्थाहरूले पनि कम्तीमा ६ महिनाअघि फुकुवा पाइसकेको र सर्वसाधारणलाई शेयर निष्कासन गरिसकेको हुनुपर्नेछ।

यो प्रस्ताव राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ (ख) बमोजिम अगाडि बढाइएको हो। इच्छुक संस्थाहरूले आवश्यक विवरण तोकिएको ढाँचामा भरि इमेलमार्फत प्रस्ताव पठाउनु पर्नेछ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको