Like us!
Follow us!
Connect us!
Watch us!

आरम्भ चौतारी लघुवित्त - खुद नाफा र ईपीएसमा उछाल, लाभांश क्षमता ५ करोड बढी

अर्थ संसार

बुधबार, १४ साउन २०८२, १० : ४८ मा प्रकाशित

आरम्भ चौतारी लघुवित्त - खुद नाफा र ईपीएसमा उछाल, लाभांश क्षमता ५ करोड बढी

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको  छ । सार्वजनिक विवरण  अनुसार कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा खुद नाफा उल्लेख्य रुपमा बढाएको छ  ।

खुद नाफा 

कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म जम्मा ६ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएकोमा गत आवमा बढेर ९ करोड ४४ लाख रुपैयाँ पुगेको छ।

प्रतिसेयर आम्दानी

खुद नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि उछाल आएको छ। अघिल्लो वर्ष कम्पनीको ईपीएस ०.१९ रुपैयाँ रहेकोमा गत वर्ष ह्वात्तै बढेर २५.७२ रुपैयाँ पुगेको छ।

खुद ब्याज आम्दानी

कम्पनीको खुद ब्याज आम्दानी पनि अघिल्लो वर्ष २८ करोड ७ लाख रुपैयाँ रहकोमा गत वर्ष ३१.८९ प्रतिशतले बढेर ३७ करोड २ लाख रुपैयाँ पुगेको छ।

खुद सञ्चालन आम्दानी

त्यस्तै खुद सञ्चालन आम्दानी ३२ करोड ६२ लाख रुपैयाँबाट बढेर ४५ करोड ३८ लाख र सञ्चालन नाफा १ करोड ३० लाख रुपैयाँबाट बढेर १ करोड ३४ लाख रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी/रिजर्भ/ वितरणयोग्य नाफा

यो अवधीमा कम्पनीको चुक्ता पूँजी ३६ करोड ७१ लाख रुपैयाँ, रिजर्भमा १५ करोड ४१ लाख रुपैयाँ रहेको छ भने लाभांश क्षमता ५ करोड २१ लाख रुपैयाँ रहेको छ।

कर्जा लगानी/निक्षेप संकलन

कम्पनीले ३ अर्ब ३५ करोड रुपैयाँ सापटी लिएर ५ अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानी गरी १ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

खराब कर्जा​/प्रतिसेयर नेटवर्थ

यो अवधीमा कम्पनीको खराब कर्जा ४.२१ प्रतिशतबाट घटेर २.१३ प्रतिशतमा झरेको छ भने प्रतिसेयर नेटवर्थ १५६.१८ रुपैयाँ रहेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको