Like us!
Follow us!
Connect us!
Watch us!

बैंक तथा वित्तीय संस्थाको नियमित खर्च बढ्दै, तलब, भत्ता र कार्यालय व्यवस्थापमै करिब १ खर्ब खर्च

अर्थ संसार

शुक्रबार, १६ साउन २०८२, ११ : २० मा प्रकाशित

बैंक तथा वित्तीय संस्थाको नियमित खर्च बढ्दै, तलब, भत्ता र कार्यालय व्यवस्थापमै करिब १ खर्ब खर्च

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको नियमित खर्च बढ्दै गएको छ । हाल सञ्चालनमा रहेका ५२ वटा बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा करिब १ खर्ब रुपैयाँ कर्मचारीको तलब, भत्ता र कार्यालय व्यवस्थापन मै खर्च गरेका छन् । 

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंक, १७/१७ वटा राष्ट्रिय र क्षेत्रीय स्तरका विकास बैंक तथा फाइनान्स कम्पनीहरुले गत आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा ९८ अर्ब ८५ करोड ४० लाख रुपैयाँ कर्मचारीको तलब, भत्ता र कार्यालय व्यवस्थापनमा खर्च गरेका हुन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यी संस्थाहरुले आव २०८१/८२ को जेठ मसान्तसम्म कर्मचारीको तलब र भत्तामा ६० अर्ब २३ करोड ९० लाख र कार्यालय व्यवस्थापनमा ३८ अर्ब ६१ करोड ५० लाख रुपैयाँ खर्च गरेका हुन् । 

बैंक तथा फाइनान्स कम्पनीहरुले गरेको यो खर्च अघिल्लो आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तको तुलनामा ४ अर्ब १२ करोड ९० लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारीको तलब र भत्ताका लागि ५६ अर्ब ८३ करोड ३० लाख र कार्यालय व्यवस्थापनका लागि ३७ अर्ब ८९ करोड २० लाख रुपैयाँ गरी कुल ९४ अर्ब ७२ करोड ५० लाख रुपैयाँ खर्च गरेका थिए ।

गत आवको जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुले मात्र कर्मचारीको तलब र भत्तामा ५३ अर्ब १३ करोड ३० लाख र कार्यालय व्यवस्थापनका लागि ३३ अर्ब २७ करोड १० लाख रुपैयाँ गरी कुल ८६ अर्ब ४० करोड ४० लाख रुपैंयाँ खर्च गरेका छन् । यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा ३ अर्ब ५० करोड १० लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले कर्मचारीको तलब र भत्ताका लागि ५० अर्ब १६ करोड ५० लाख र कार्यालय व्यवस्थापनका लागि ३२ अर्ब ७३ करोड ८० लाख रुपैयाँ गरी कुल ८२ अर्ब ८० करोड ३० लाख रुपैयाँ खर्च गरेका थिए ।

त्यसैगरी, विकास बैंकहरुले गत आव २०८१/८२ जेठ मसान्तसम्ममा कर्मचारीहरुको पारिश्रमिकका लागि ५ अर्ब ६२ करोड ६० लाख र कार्यालय व्यवस्थापनका लागि ४ अर्ब २४ करोड ९० लाख रुपैयाँ गरी कुल ९ अर्ब ८७ करोड ५० रुपैयाँ खर्च गरेका छन् । यो खर्च अघिल्लो आव २०८०/८१ को सोही अवधिको तुलनामा ४६ करोड ४० लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरुले कर्मचारीको पारिश्रमिकका लागि पाँच अर्ब ३३ करोड १० लाख र कार्यालय व्यवस्थापनका लागि चार अर्ब ८० लाख रुपैयाँ गरी कुल नौ अर्ब ४१ करोड १० लाख रुपैयाँ खर्च गरेका थिए ।

गत आवको जेठ मसान्तसम्ममा फाइनान्स कम्पनीहरुले कर्मचारीको तलब र भत्ताका लागि १ अर्ब ४८ करोड र कार्यालय सञ्चालनका लागि १ अर्ब ९ करोड ५० लाख रुपैयाँ गरी २ अर्ब ५७ करोड ५० लाख रुपैयाँ खर्च गरेका छन् । यो खर्च आव २०८०/८१ को सोही अवधिको तुलनामा ९१ करोड रुपैयाँले कम हो । अघिल्लो आवको सोही अवधिमा फाइनान्स कम्पनीहरुले कर्मचारीको पारिश्रमिकका लागि १ अर्ब ३३ करोड ७० लाख र कार्यालय व्यवस्थापनका लागि १ अर्ब सात करोड ४० लाख रुपैयाँ गरी कुल ३ अर्ब ४८ करोड ५० लाख रुपैयाँ खर्च गरेका थिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको