Like us!
Follow us!
Connect us!
Watch us!

नाफामा टप थ्री वाणिज्य बैंकका सीईओ : करोडौँमा बुझ्छन् तलव, कसको कति ?

अर्थ संसार

शुक्रबार, १३ माघ २०७९, १५ : ०० मा प्रकाशित

नाफामा टप थ्री वाणिज्य बैंकका सीईओ : करोडौँमा बुझ्छन् तलव, कसको कति ?

वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार समिक्षा अवधिसम्ममा नाफाकाे हिसावले नबिल बैंक लिमिटेड र एनआईसी एशिया बैंक लिमिटेडबीच प्रतिस्पर्धा देखिएकाे छ । यता ग्लाेबल आईएमई बैंक लिमिटेड पनि नाफामा टप थ्रीभित्रै परेकाे छ ।

दाेश्राे त्रैमाससम्म आईपुग्दा नबिल बैंक लिमिटेड ३ अर्ब ४१ करोड ७६ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरी अग्र स्थान हासिल गर्न सफल भएकाे छ । यस्तै, एनआईसी एशिया बैंक लिमिटेडले ३ अर्ब २७ करोड ३३ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरी दाेश्राे स्थानमा रहेकाे छ । र, तेश्राे स्थानमा रहेकाे ग्लाेबल आईएमई बैंक लिमिटेडकाे नाफा २ अर्ब ७८ कराेड २३ लाख ७९ हजार रूपैयाँ रहेकाे छ ।

आज हामी यहाँ नाफामा टप थ्री यी ३ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूकाे तलवकाे चर्चा गर्नेछाैँ । नाफामा झै तलवकाे आधारमा पनि सबैभन्दा अगाडि नबिल बैंकका सीईओ, दाेश्राेमा एनआईसी एशिया बैंकका सीईओ र तेश्राेमा ग्लाेबल आईएमई बैंकका सीईओ रहेका छन् । 

नबिल बैंक

नबिल बैंक  लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई गत आर्थिक वर्षमा २ करोड ८३ लाख ४४ हजार २६० रुपैयाँ तलव भत्ता भुक्तानी गरेको छ ।

बैंकले सीईओलाई तलव बापत १ करोड २८ लाख ५६ हजार २५० रुपैयाँ र अन्य लाभ तथा सुविधाहरु १ करोड ४० लाख ७४ हजार ८० रुपैयाँ भुक्तानी गरेको छ । यस्तै निवृत्त लाभ बापत १४ लाख १३ हजार ९३० रुपैयाँ गरी भुक्तानी गरेको जनाएको छ ।

२०७९ असारसम्म १६ गतेसम्म नबिल बैंकको सीईओको रूपमा अनिल केशरी शाह थिए । शाहको अवकाशपछि नबिल बैंकको सीईओमा ज्ञानेन्द्र ढुङ्गाना रहेका छन् ।

एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्ष प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई २ करोड ३४ लाख ३ हजार ५४७ रुपैयाँ तलव, भत्ता दिएको छ ।

बैंकले सीईओ रोशन कुमार न्यौपानेलाई भत्ता सहित १ करोड ८० लाख तलव, बोनस ५२ लाख ५७ हजार २५५ रुपैयाँ, अन्य सुविधा बापत ५६ हजार २९२ रुपैयाँ भुक्तानी गरेको छ । यस्तै ९० हजार रुपैयाँ सवारी कर तिरेको छ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्यले गत वर्ष १ करोड ५५ लाख १ हजार ६००  रुपैयाँ तलव बुझेका छन् ।

उनले तलव बापत ७५ लाख ९६ हजार रुपैयाँ बुझेका छन् । त्यस्तै  भत्ता  ५० लाख ४० हजार, सञ्चय कोषबाट ७ लाख ५९ हजार ६००, बिदा बापत १० लाख ५३ हजार र दशैँ भत्ताबापत  १० लाख ५३ हजार रुपैयाँ उनले बैंकबाट लिएका छन् ।  बज्राचार्यको मासिक तलव ६ लाख ३३ हजार रुपैयाँ रहेको छ ।

यी ३ वटै बैंकले आफ्नाे साधारण सभा पनि सम्पन्न गरिसकेका छन् । नबिल बैंक लिमिटेडकाे ३८ औँ वार्षिक साधारण सभा पुस २९ गते, शुक्रबार सम्पन्न भएकाे थियाे । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम हाल कायम चुक्ता पूँजीको १८.५० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित ११.५० प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।  

यस्तै, ग्लोबल आईएमई बैंक लिमिटेडकाे साेर्ह्राैँ वार्षिक साधारण सभा मंसिर २३ गते, शुक्रबार सम्पन्न भएकाे थियाे । सभाले सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १३.६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

त्यसैगरी, एनआईसी एशिया बैंक लिमिटेडको २५ औं वार्षिक साधारण सभा पाैष २९ गते शुक्रबार सम्पन्न भएको थियाे । बैंकले भने गत आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई कुनै पनि प्रकारकाे लाभांश वितरण गरेकाे छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको