Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकले लगानीकर्तालाई दिने लाभांश आधाले घट्यो, सीईओको तलव भने बढेको बढ्यै

अर्थ संसार

विहीबार, १४ पुस २०७९, १३ : ०१ मा प्रकाशित

प्रभु बैंकले लगानीकर्तालाई दिने लाभांश आधाले घट्यो, सीईओको तलव भने बढेको बढ्यै

प्रभु बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंककाे सेयरमा लगानी गर्ने लगानीकर्ताहरूलाई ६.५० प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

उक्त प्रस्तावित लाभांश बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा आज (पाैष १४ गते, बिहीबार) सम्पन्न भएकाे २१औँ वार्षिक साधारण सभाले पारित गरेकाे छ ।

बैंकले अघिल्लाे आर्थिक वर्ष (२०७७/७८) काे मुनाफाबाट बैंककाे सेयरमा लगानी गर्ने लगानीकर्ताहरूलाई १२ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । अघिल्लाे वर्षकाे तुलनामा यस वर्ष बैंकले लगानीकर्ताहरूलाई वितरण गरेकाे लाभांश लगभग आधाले घटेकाे छ ।

यता बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलव भने बढेको बढ्यै छ । प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले आर्थिक वर्ष (२०७७/७८) मा तलव/भत्ता बापत कूल ३ करोड ५३ लाख रुपैयाँ बुझेका थिए । उनले भत्ता बापत २ करोड ७४ लाख रूपैयाँ, कर्मचारी बोनस ४१ लाख ६५ हजार रूपैयाँ र बिदा बापत ३७ लाख ३६ हजार रूपैयाँ बुझेका हुन् ।

यस आर्थिक वर्ष २०७८/७९ मा शेरचनकाे तलव भत्ता बढेकाे बैंककाे प्रतिवेदनमा उल्लेख छ । बैंकले आज साधारण सभामार्फत प्रदान गरेकाे प्रतिवेदनमा उल्लेख भए अनुसार आर्थिक वर्ष २०७८/७९ मा शेरचनले तलव भत्ता बापत कूल ४ कराेड ३ लाख २० हजार रूपैयाँ बुझेका छन् । उनले तलव/भत्ता बापत ३ करोड ३ लाख ३ हजार रूपैयाँ, कर्मचारी बोनस बापत ५६ लाख ९४ हजार रूपैयाँ र दशैँ तथा बिदा भत्ता बापत ४३ लाख २३ हजार गरी कूल ४ कराेड ३ लाख २० हजार रूपैयाँ बुझेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको