Like us!
Follow us!
Connect us!
Watch us!

गैरबैंकिङ सम्पत्तिको भार र कालोसूचीमा पर्नेहरू बढ्दा बैंकहरू सतर्क हुनुपर्ने अवस्था आयो : राष्ट्र बैंक

अर्थ संसार

शुक्रबार, १६ साउन २०८२, १३ : ०४ मा प्रकाशित

गैरबैंकिङ सम्पत्तिको भार  र कालोसूचीमा पर्नेहरू बढ्दा बैंकहरू सतर्क हुनुपर्ने अवस्था आयो : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मूल्यांकनमा बैंकिङ क्षेत्रमा गैरबैंकिङ सम्पत्ति र कालोसूचीमा पर्ने कर्जाहरूको संख्यामा वृद्धि भइरहेकोले सावधानी अपनाउनुपर्ने अवस्था आएको उल्लेख गरेको छ।

निष्क्रिय कर्जा अनुपात बढ्दै जानु र यसले वित्तीय प्रणालीमा जोखिम निम्त्याउने सम्भावनालाई दृष्टिगत गर्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई सजग रहन आह्वान गरेको हो।

यद्यपि, राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा हाल पर्याप्त तरलता उपलब्ध रहेको छ, जसले गर्दा निक्षेप र कर्जाको भारित औसत ब्याजदर क्रमशः घट्दो क्रममा रहेको छ। औसत मुद्रास्फीति दरभन्दा निक्षेपको औसत ब्याजदर अझै माथि रहेको भन्दै, यस परिस्थितिबाट अर्थतन्त्रले फाइदा लिन सक्ने अवस्था रहेको समेत उल्लेख गरिएको छ।

साथै, राष्ट्र बैंकले वित्तीय सेवामा आम नागरिकको गुणस्तरीय पहुँच वृद्धि गर्न, साधनहरूलाई पुँजी निर्माणतर्फ उन्मुख गराउन र समग्र वित्तीय प्रणालीलाई स्वस्थ, सबल र दिगो बनाउन नीतिगत, संरचनात्मक र कार्यगत सुधारहरू आवश्यक रहेको बताएको छ। यसका लागि तथ्य र संवादमा आधारित नीतिनिर्माण, अन्तर्राष्ट्रिय असल अभ्यासअनुरूपको विवेकपूर्ण नियमन, प्रभावकारी सुपरिवेक्षण, तथा ग्राहकमैत्री बैंकिङ प्रणालीको विकासमा जोड दिनु पर्ने उल्लेख गरिएको छ। साथै, बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने सेवालाई क्रमिक रूपमा विशिष्टीकृत

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको