Like us!
Follow us!
Connect us!
Watch us!

भारत विरुद्धको अन्तिम टेष्टमा इंग्ल्याण्डलाई ३७४ रनको लक्ष्य, इंग्ल्याण्डको मध्यम सुरुवात

अर्थ संसार

आइतबार, १८ साउन २०८२, ०८ : ३६ मा प्रकाशित

भारत विरुद्धको अन्तिम टेष्टमा इंग्ल्याण्डलाई ३७४ रनको लक्ष्य, इंग्ल्याण्डको मध्यम सुरुवात

भारतविरुद्धको अन्तिम तथा पाँचौ टेस्टमा इंग्ल्याण्डले ३७४ रनको लक्ष्य पाएको छ । ३७४ रनको लक्ष्य सहित दोस्रो पारीको सरुवात गरेको घरेलु टोलीले मध्यम सुरुवात गरेको छ ।

इंग्ल्याण्डले तेस्रो दिनको खेल सकिदा १ विकेट गुमाएर ५० रन बनाएको छ । उसका ओपनर ज्याक क्रली १४ रन बनाउँदै आउट भए । दिनको अन्तिम ओभरको पाँचौ बलमा क्रली आउट हुन पुगेका थिए । घरेलु टोलीका लागि ओपनर बेन डकेट ३४ रनका साथ क्रिजमा रहेका छन् । भारतका लागि मोहम्मद सिराजले एक विकेट लिए ।

पहिलो पारीमा २३ रनले पछि परेको भारतले दोस्रो पारीमा ३९६ रन जोड्न सक्यो । भारतका लागि दोस्रो पारीमा ओपनर एसएस्पी जैसवालले सर्वाधिक ११८ रनको शतकीय पारी खेले । तेस्रो विकेटका लागि जैसवालले आकाश दिपसँग १०७ रनको शतकीय साझेदारी गरे । आकाशले ६६ रन बनाए । त्यस्तै रविन्द्र जडेजा र वासिंटन सुन्दरले समान ५३ रन जोडे । धुव्र जुरेल ३४, करुण नायर १७ तथा साई सुदर्सन र कप्तान शुभमन गिल समान ११ रनमा आउट भए ।

घरेलु टोलीका लागि जोस टंगले ५ विकेट लिए । गस एटकिन्सनले ३ र जेमी ओभरटर्नले २ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारत पहिलो पारीमा २२४ रन बनाएको थियो । घरेलु टोलीले पहिलो पारीमा २४७ रन जोडेको थियो । ५ टेस्टको सिरिजमा घरेलु टोली २–१ ले अघि छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको