Like us!
Follow us!
Connect us!
Watch us!

अधिक तरलता व्यवस्थापन गर्न सकस, आज फेरि ४० अर्ब खिच्दै राष्ट्र बैंक

अर्थ संसार

बुधबार, २१ साउन २०८२, १० : ५३ मा प्रकाशित

अधिक तरलता व्यवस्थापन गर्न सकस, आज फेरि ४० अर्ब खिच्दै  राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकलाई बैंकिङ प्रणालीको तरलता व्यवस्थापनमा सकस परिरहेको छ। राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता अधिक भएपछी आज साउन २१ गते फेरि बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ।

यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने भएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। यो ३५ दिने निक्षेप संकलन उपकरणको भदौ २५ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको