Like us!
Follow us!
Connect us!
Watch us!

पिपुल्स पावर लिमिटेडको पहिलो त्रैमासिक:आम्दानी त बढ्यो, तर नाफा किन घट्यो ?

अर्थ संसार

मंगलबार, ०२ मंसिर २०८२, ०८ : ५० मा प्रकाशित

पिपुल्स पावर लिमिटेडको पहिलो त्रैमासिक:आम्दानी त बढ्यो, तर नाफा किन घट्यो ?

पिपुल्स पावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा उल्लेख्य गिरावट खेपेको छ। विद्युत बिक्रीबाट आम्दानी बढ्दापनि खर्च बढ्न नदिन नसक्दा कम्पनीको मुुनाफा घटेको देखिन्छ।

समीक्षा अवधिसम्म कम्पनीले १ करोड २६ लाख रुपैयाँ खुद नाफा कमायो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६.७१ प्रतिशतले कम हो। गत वर्ष यसै त्रैमासमा कम्पनीले १ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

विद्युत बिक्रीबाट भने कम्पनीले पहिलेभन्दा बढी आम्दानी गरेको छ। पहिलो त्रैमासमा ३ करोड १७ लाख रुपैयाँ राजस्व हासिल भएको छ, जसमा अघिल्लो वर्षको तुलनामा ५.३३ प्रतिशत वृद्धि देखिन्छ। गत वर्ष यो आम्दानी ३ करोड १ लाख रुपैयाँ थियो।

आम्दानी बढे पनि प्रशासनिक खर्चले कम्पनीलाई निकै दबाब दिएको छ। उक्त खर्च ३०९.३२ प्रतिशतले बढेर ३९ लाख ९५ हजार रुपैयाँ पुगेको छ। यद्यपि वित्त खर्च भने घट्दै ७६ लाख २५ हजार रुपैयाँबाट २८ लाख ९७ हजारमा झरेको छ।

कम्पनीको रिजर्भ अझै ऋणात्मक अवस्थामा रहेको छ। समीक्षा अवधि सकिँदासम्म रिजर्भ ६५ लाख ६३ हजार रुपैयाँले ऋणात्मक छ। त्यस्तै कम्पनीको कुल चालु सम्पत्ति ११ करोड ९९ लाख रुपैयाँ र चालु दायित्व २१ लाख २९ हजार रुपैयाँ रहेको उल्लेख छ।

समीक्षा अवधिभर कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ५.३२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०६.२० रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०६.४३ रुपैयाँ रहेको छ। कम्पनीको तरलता अनुपात ५६.३२ प्रतिशतमा उभिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको