Like us!
Follow us!
Connect us!
Watch us!

राधी विद्युतको पहिलो त्रैमासमा ८११ प्रतिशत नाफा वृद्धि, प्रतिसेयर आम्दानी ६०.५८ रुपैयाँ

अर्थ संसार

मंगलबार, २५ कार्तिक २०८२, ०८ : ०६ मा प्रकाशित

राधी विद्युतको पहिलो त्रैमासमा ८११ प्रतिशत नाफा वृद्धि, प्रतिसेयर आम्दानी ६०.५८ रुपैयाँ

राधी विद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार कम्पनीले यस अवधिमा उल्लेखनीय नाफा कमाउँदै आफ्नो वित्तीय प्रदर्शनमा ऐतिहासिक सुधार देखाएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा ३ करोड ५ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले यो वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नाफा बढाउँदै २७ करोड ८५ लाख रुपैयाँ कमाएको छ। यसरी हेर्दा कम्पनीको नाफा ८११ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

कम्पनीको विद्युत बिक्री आम्दानी ३ करोड ८८ लाख रुपैयाँबाट बढेर ४ करोड ६ लाख रुपैयाँ पुगेको छ। यद्यपि, कम्पनीको नाफा बढ्ने मुख्य कारण अन्य आम्दानीमा भएको तीव्र वृद्धि हो। कम्पनीले यो अवधिमा ३५ करोड ७० लाख रुपैयाँ अन्य आम्दानी गरेको छ, जुन मुख्य रूपमा सेयर बिक्रीबाट प्राप्त भएको आम्दानी भएको देखिन्छ।

अन्य आम्दानी उलेख्य रूपमा बढेपछि कम्पनीको सञ्चालन मुनाफा समेत असाधारण रूपमा वृद्धि भएको हो। समीक्षाअवधिमा कम्पनीको सञ्चालन मुनाफा १ हजार ३९६ प्रतिशतभन्दा बढीले बढेको विवरणमा उल्लेख छ।

यस अवधिमा ब्याज खर्च पनि केही बढेको छ। गत वर्षको पहिलो त्रैमासमा ३१ लाख १७ हजार रुपैयाँ ब्याज खर्च भएकोमा यस वर्ष यो रकम बढेर ७६ लाख ६६ हजार रुपैयाँ पुगेको छ।

पहिलो त्रैमासको अन्त्यसम्म कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी (EPS) ६० रुपैयाँ ५८ पैसा रहेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ५३ रुपैयाँ ६२ पैसा बढी हो। प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ८४ पैसा रहेको कम्पनीको मूल्य–आम्दानी अनुपात (P/E ratio) घटेर १०.४३ गुणा पुगेको छ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८३ करोड रुपैयाँ रहेको छ भने कम्पनीको अन्य इक्विटीमा ९७ करोड ५१ लाख रुपैयाँ सञ्चित छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको