गत असार २३ गते रसुवा जिल्लामा आएको अविरल वर्षा र त्यसपछिको बाढी तथा पहिरोका कारण करिब एक अर्ब रुपैयाँ बराबरको बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले साउन २२ गतेसम्म संकलन गरेको विवरणअनुसार, ११ वटा निर्जीवन बीमा कम्पनीमा ७८ वटा दावी पर्दा कुल ९८ करोड ५९ लाख ८२ हजार रुपैयाँको बीमा दावी परेको हो।
तीमध्ये सबैभन्दा धेरै दावी हिमालयन एभरेष्ट इन्स्योरेन्समा दर्ता भएको छ, कम्पनीमा दुई वटा दावीमार्फत नै ५५ करोड रुपैयाँ बराबरको दावी परेको छ ।
शिखर इन्स्योरेन्समा १५ वटा दावी वापत १६ करोड ९६ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्समा १६ वटा दावी बापत आठ करोड ७३ लाख रुपैयाँ र सानिमा जिआईसी इन्स्योरेन्समा छ वटा बीमा दावी बापत छ करोड ८४ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको सार्वजनिक विवरणले देखाएको छ ।
नेको इन्स्योरेन्समा पाँच वटा दावी वापत पाँच करोड ६७ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा दुई वटा दावी वापत दुई करोड ६५ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा ३ वटा दावी वापत ९१ लाख रुपैयाँ र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा १० वटा बीमा दावी वापत ७६ लाख ७० हजार रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ ।
यस्तै, एनएलजी इन्स्योरेन्समा ६ वटा बीमा दावी वापत ४७ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा सात वटा दावी वापत ३१ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्समा २८ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ ।
तथ्यांक अनुसार साउन २२ गतेसम्म सम्पत्ति बीमामा ६ वटा दावी वापत ६१ करोड ४७ लाख रुपैयाँ, सामुन्द्रिक बीमामा नौ वटा दावी वापत २२ करोड चार लाख रुपैयाँ, इन्जिनियरिङ्ग तथा ठेकेदार जोखिम बीमामा पाँच दावी वापत पाँच करोड ९५ लाख रुपैयाँ, मोटर बीमा (सार्वजनिक) मा ४२ वटा दावी वापत तीन करोड ५५ लाख रुपैयाँ र मोटर बीमा (निजि) मा १६ दावी वापत पाँच करोड ५८ लाख रुपैयाँ बीमा दावी परेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस