Like us!
Follow us!
Connect us!
Watch us!

एशियन बैंकिङ्ग एण्ड फाइनान्स अवार्डस् २०२५ मा नबिल बैंकलाई दुई प्रतिष्ठित उपाधि

अर्थ संसार

आइतबार, २५ साउन २०८२, १३ : ५० मा प्रकाशित

एशियन बैंकिङ्ग एण्ड फाइनान्स अवार्डस् २०२५ मा नबिल बैंकलाई दुई प्रतिष्ठित उपाधि

नबिल बैंकले एशियन बैंकिङ्ग एण्ड फाइनान्स अवार्डस्, २०२५ मा दुई प्रतिष्ठित उपाधि प्राप्त गरेको छ । बैंकले ‘साइबर सेक्युरिटी इनोभेसन अवार्ड नेपाल’ र ‘नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर’ प्राप्त गरेको हो ।

नबिल बैंकले अपनाएको अत्याधुनिक प्रविधि, उत्कृष्ट सेवा र ग्राहक तथा सरोकारवालाप्रति देखाएको प्रतिबद्धताका कारण उक्त अवार्ड प्राप्त गरेको जनाएको छ । साइबर सेक्युरिटी इनोभेसन अवार्ड बैंकले डिजिटल सुरक्षालाई प्राथमिकतामा राख्दै सुरक्षित, भरपर्दो र सहज बैंकिङ्ग अनुभव प्रदान गर्न अपनाएको रणनीतिका कारण प्राप्त गरेको हो। यसैगरी, बैंकले मुलुकका महत्वपूर्ण पूर्वाधार तथा विकास आयोजनाहरूमा वित्तीय साझेदारी गरेका कारण नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर अवार्ड प्राप्त गरेको हो ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले भने, ‘यी अवार्डहरू हाम्रो सम्पूर्ण टिमको निरन्तर परिश्रम र नवप्रवर्तनप्रतिको समर्पणको प्रतिफल हुन् । हामीलाई विश्वास गर्ने हाम्रा ग्राहक, साझेदार र सरोकारवालाप्रति हामी अत्यन्त आभारी छौं ।’ उनले भविष्यमा पनि स्मार्ट र सुरक्षित बैंकिङ्ग सेवामार्फत नेपाली बैंकिङ्गलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको