Like us!
Follow us!
Connect us!
Watch us!

रविको कोठामा एसी छैन, झ्याल पनि प्लाईउडले टालिएको छ - मानव अधिकार आयोग

अर्थ संसार

सोमबार, २६ साउन २०८२, १६ : ३४ मा प्रकाशित

रविको कोठामा एसी छैन, झ्याल पनि प्लाईउडले टालिएको छ - मानव अधिकार आयोग

राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारको कोठामा वातानुकूलित एसी नरहेको र झ्याल प्लाईउडले टालेर बन्द गरिएको स्पष्ट पारेका छन् ।

कारागारको अनुगमनपछि आयोगका प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाको अभाव रहेको बताएका हुन् । आयोगकी प्रवक्ता लिली थापाका अनुसार कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी राखिएको, पर्याप्त शौचालय नरहेको र भएका शौचालयहरूको अवस्था पनि राम्रो नभएको पाइएको छ।

थापाले रवि लामिछानेलाई राखिएको ब्लकभित्र झ्याल टालिएकाले हावा सुलभ रूपमा पस्ने अवस्था नभएको बताइन्। कोठामा एउटा चाइनिज पंखा र अर्को पार्टी प्यालेसमा प्रयोग हुने ठूलो पंखा मात्रै रहेको पनि उनले जानकारी दिइन्।

जेल प्रशासनले सुरक्षाका कारण झ्याल टालिएको बताएका छन्। आयोगको टोलीले झ्याल खोल्न आग्रह गरेपछि प्रशासन त्यसका लागि तयार भएको थापाले बताइन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको