Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा लुम्बिनीको वित्तीय प्रतिवेदन - ४० करोड रुपैयाँ नाफा, बीमाकोष ७ अर्ब नजिक

अर्थ संसार

बुधबार, २८ साउन २०८२, १० : १९ मा प्रकाशित

सगरमाथा लुम्बिनीको वित्तीय प्रतिवेदन - ४० करोड रुपैयाँ नाफा, बीमाकोष ७ अर्ब नजिक

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार, गत आवको असार मसान्तसम्म कम्पनीको खुद नाफा ४० करोड ३२ लाख रुपैयाँ पुगेको छ। कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म ४६ करोड ९ लाख रुपैयाँ कमाएको थियो गत आवमा कम्पनीको खुद नाफा १२.५३ प्रतिशतले घटेको हो।

घट्यो प्रतिसेयर आम्दानी

यससँगै चौथो त्रैमाससम्म कम्पनीको  प्रतिसेयर आम्दानी २३.४४ रुपैयाँबाट घटेर १५.३७ रुपैयाँमा झरेको छ।

खुद बीमाशुल्क र कुल आम्दानीमा​  वृद्धि

अघिल्लो आवमा कम्पनीले १ अर्ब ७२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा गत आवमा २२.८६ प्रतिशतको वृद्धिका साथ २ अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।  गत आवमा कम्पनीको कुल आम्दानी पनि १२.५० प्रतिशतले बढेर ३ अर्ब ११ करोड रुपैयाँ पुगेको छ जबकि अघिल्लो आवमा कम्पनीको कुल आम्दानी २ अर्ब ७७ करोड रुपैयाँ मात्रै थियो।

कम्पनीको खर्च

यससँगै कम्पनीको खर्च पनि १७.४७ प्रतिशतले बढेर २ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ जुन अघिल्लो आवमा २ अर्ब १६ करोड रुपैयाँ मात्रै थियो। यता अभिकर्तामा गर्ने खर्च भने कम्पनीले झण्डै आधाले वृद्धि गरेर ६ करोड ६८ लाख रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्ष ३ करोड ८२ लाख रुपैयाँ मात्रै थियो।

चुक्ता पूँजी / स्पेशल रिजर्भ:  २ अर्ब ६२ करोड रुपैयाँ रहेको कम्पनीको स्पेशल रिजर्भमा २ अर्ब ५५ करोड रुपैयाँ

महाविपत्ति कोष/जगेडा कोष : २२ करोड ९३ लाख रुपैयाँ र जगेडा कोषमा ३६ करोड ६५ लाख रुपैयाँ रहेको छ।

बीमाकोषको आकार

अघिल्लो वर्ष कम्पनीको बीमाकोषको आकार ६ अर्ब ६१ करोड रुपैयाँ रहेकोमा गत वर्ष ४.१३ प्रतिशतले बढेर ६ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ।

प्रतिसेयर नेटवर्थ

चौथो त्रैमाससम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २३९.१२ रुपैयाँ कायम भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको