Like us!
Follow us!
Connect us!
Watch us!

अन्नपूर्ण न्यूरो हस्पीटलमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट

अर्थ संसार

विहीबार, २९ साउन २०८२, १५ : ४५ मा प्रकाशित

अन्नपूर्ण न्यूरो हस्पीटलमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट

काठमाडौं महानगरपालिका–११, बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पताल र प्रभु बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ, जसअनुसार बैंकका ग्राहक तथा कर्मचारीहरूले अस्पतालका सेवामा विशेष छुट प्राप्त गर्नेछन्।

बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले १०–१५ प्रतिशत छुट पाउने भएका छन । सो छुट सेवासुविधा अन्नपूर्ण न्यूरो हस्पीटल मा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौतापत्रमा अन्नपूर्ण न्यूरो हस्पीटलका तर्फबाट मेडिकल प्रशासक डाक्टर शरद गजूरेल र मार्केटीङ म्यानेजर पे्रम कुमार दाहाल तथा प्रभु बैंक लि.का तर्फबाट चिफ मार्केटीङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटीङ म्यानेजर दिना चित्रकारको संयुक्त हस्ताक्षर बिच सम्पन्न भएको हो ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको