Like us!
Follow us!
Connect us!
Watch us!

पोखरामा बाटोको मुद्दा जित्न २ लाख घुस ,संलग्न दुई जनाविरुद्ध अख्तियारमा मुद्दा

अर्थ संसार

सोमबार, ०२ भदौ २०८२, १४ : २७ मा प्रकाशित

पोखरामा बाटोको मुद्दा जित्न २ लाख घुस ,संलग्न दुई जनाविरुद्ध अख्तियारमा मुद्दा

पोखरामा बाटो सम्बन्धी मुद्दा जित्न २ लाख रुपैयाँ घुस लेनदेन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस दिने र लिने दुई जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

पोखरा–२६ मा रहेको बाटोको विषयमा न्यायिक समितिमा विचाराधीन मुद्दामा आफ्नाे पक्षमा फैसला गराउने उद्देश्यले घुस लेनदेन भएको भन्ने उजुरी अख्तियारमा परेको थियो। छानबिनका क्रममा मुद्दाका निवेदक रविन कुमार श्रेष्ठले उक्त मुद्दा आफ्नाे पक्षमा पार्न तत्कालीन न्यायिक समितिकी सदस्य भावना श्रेष्ठलाई २ लाख रुपैयाँ घुस दिएको प्रमाण फेला परेको हो। भावना श्रेष्ठ पोखरा महानगरपालिका वडा नं. ९ की वडा सदस्य समेत हुन्।

यस घुस लेनदेन प्रकरणमा संलग्न दुबैजनाविरुद्ध अख्तियारले आज काठमाडौंस्थित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको