हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले काठमाडौं उपत्यकाभित्रका शाखा तथा उपत्यकाबाहिर पोखरा, ईलाम, लेखनाथ र लालबन्दीस्थित शाखाका लागि ब्रान्च म्यानेजर र मार्केटिङ असिस्टेन्ट आवश्यक रहेको जनाएको छ।
यसबाहेक, कम्पनीको केन्द्रीय कार्यालय (हेड अफिस) का लागि ह्युमन रिसोर्स असिस्टेन्ट पदमा पनि कर्मचारी माग गरिएको छ।
शैक्षिक योग्यताअनुसार, अफिसर स्तरका पदका लागि बिजनेस स्टडिज विषयमा स्नातक वा सो सरह उत्तीर्ण हुनु पर्नेछ भने असिस्टेन्ट स्तरका पदका लागि प्लस टु वा सो सरह उत्तीर्ण भएका उम्मेदवार योग्य हुनेछन्।
योग्य तथा इच्छुक व्यक्तिहरूले तोकिएका सबै कागजातसहित १५ दिनभित्र आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस