त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालय क्याम्पसअन्तर्गतका छात्रावासहरूमा नियमविपरीत बसोबास गरिरहेका विद्यार्थीलाई १५ दिनभित्र छात्रावास खाली गर्न निर्देशन दिइएको छ। प्रिन्सिपलको कार्यालयअन्तर्गत सञ्चालित पुरुष तथा कन्या छात्रावासका वार्डेनहरूले संयुक्त रूपमा सूचना प्रकाशित गर्दै, अनियमित रूपमा बसोबास गरिरहेका विद्यार्थीलाई सो अवधिमा छात्रावास छोड्न आग्रह गरेका हुन्।
‘प्रिन्सिपलको कार्यालयअन्तर्गतको पुरुष तथा कन्या छात्रावासहरूमा केही विद्यार्थीहरू नियमविपरीत बसोबास गर्दै आइरहेको भन्ने व्यहोराको जानकारी प्राप्त हुन आएकोले त्यसरी अनियमित रुपमा बसेका विद्यार्थीहरूले यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र छात्रावास खाली गर्न यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस