त्रिभुवन विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेका जग्गा र अचल सम्पत्ति अवैध रूपमा प्रयोग गरिरहेका पक्षहरूलाई ३५ दिनभित्र खाली गर्न अन्तिम चेतावनी दिएको छ। २०८३ वैशाख ४ गते सार्वजनिक सूचना जारी गर्दै विश्वविद्यालयले विभिन्न व्यक्ति, कम्पनी तथा संघ-संस्थाहरूलाई कब्जा गरिएका भौतिक संरचना र जग्गा फिर्ता गर्न निर्देशन दिएको हो। हो।
त्रिवि जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले तयार पारेको २०८१ को प्रतिवेदनले विश्वविद्यालय र यसअन्तर्गतका निकायहरूको स्वामित्वमा रहेका जग्गाहरू प्रचलित कानुन विपरीत विभिन्न पक्षले कब्जामा लिएको देखाएको थियो। नेपाल सरकार र विभिन्न दाताहरूबाट शैक्षिक विकासका लागि प्राप्त भएका ती जग्गाहरू कतिपयले नियम मिचेर नियन्त्रणमा लिएको प्रतिवेदनमा उल्लेख छ। त्रिवि कार्यकारी परिषद्को गत चैत २३ गतेको निर्णयानुसार जारी गरिएको यस सूचनामा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र त्यस्ता जग्गा तथा भौतिक संरचनाहरू खाली गरी विश्वविद्यालयलाई आधिकारिक रूपमा हस्तान्तरण गर्नुपर्नेछ।
विश्वविद्यालयले तोकिएको समयसीमाभित्र सम्पत्ति फिर्ता नगरेमा प्रचलित कानुन बमोजिम कडा कानुनी प्रक्रिया अगाडि बढाउने चेतावनी समेत दिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस