Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकद्वारा नवटोल सुधार समितिलाई २५ कुर्सी हस्तान्तरण

अर्थ संसार

सोमबार, २३ साउन २०७९, १२ : ४५ मा प्रकाशित

माछापुच्छ्रे बैंकद्वारा नवटोल सुधार समितिलाई २५ कुर्सी हस्तान्तरण

माछापुच्छ्रे बैंक लिमिटेडले काठमाण्डौँको सुकेधारा स्थित नवटोल सुधार समिति, नयांकोलोनी सुकेधाराको सक्रियतामा स्थापित एवं संचालित नव पुस्तकालय तथा जेष्ठ नागरिक मिलन केन्द्र का.म.न.पा. ४ को लागि २५ थान कुर्सी हस्तान्तरण गरेको छ ।

नवटोल सुधार समितिले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंक सञ्चालक समितिका सदस्य जय मुकुन्द खनाल, हरि भक्त सिग्देल र बैंकका नायब प्रमुख (दायित्व व्यवस्थापन  तथा बाह्य  मामिला) प्रतिमा पाण्डेले उक्त कुर्सी नवटोल सुधार समितिलाई हस्तान्तरण गरेका थिए ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठ नागरिकको सुविधाको लागि पुस्तकालयलाई उक्त कुर्सी प्रदान गरेको हो ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको