Like us!
Follow us!
Connect us!
Watch us!

नीतिहरू व्यवसायीमैत्री बनेका छन्, सरकार सधैं व्यवसायीको साथमा छ - प्रधानमन्त्री ओली

अर्थ संसार

मंगलबार, ०३ भदौ २०८२, १५ : ३२ मा प्रकाशित

नीतिहरू व्यवसायीमैत्री  बनेका छन्, सरकार सधैं व्यवसायीको साथमा छ - प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले व्यवसायीमैत्री नीतिहरू ल्याइरहेको बताउँदै कुनै पनि समस्या आए व्यवसायीले ढुक्कसँग अघि बढ्न सक्ने वातावरण बनेको बताएका छन्।

मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यवसायीहरूलाई निरन्तर प्रोत्साहन गर्ने नीति सरकारको रहेको बताए। उनले भने, ‘ब्यवसायीहरू असन्तुष्ट हुनु पर्ने कुनै कारण छैन। मौद्रिक नीति, बजेट लगायतका दस्तावेजमा हाम्रा नीतिहरू प्रोत्साहन गर्ने खालका छन्। सरकार व्यवसायीको साथमा छ।’

उनले नाडा अटो शो नयाँ प्रविधिको संगम भएको उल्लेख गर्दै विश्वभर प्रविधि क्षेत्रमा निरन्तर फड्को मारिरहेको अवस्थामा नेपाल पनि पछाडि नपर्ने बताए। उनका अनुसार नयाँ प्रविधिहरू नेपालमा भित्रिँदै छन् भने युवाहरूले समेत नयाँ नयाँ काममा सफलता हासिल गरिरहेका छन्।

प्रधानमन्त्री ओलीले नाडाका अध्यक्ष करण चौधरीलाई सक्षम युवा नेतृत्वको उदाहरण दिँदै अब देश चलाउने जिम्मेवारी पनि युवाले लिनुपर्ने बताए। उनले व्यंग्यात्मक शैलीमा आफू प्रधानमन्त्री पद छोड्न तयार रहेको तर सक्षम युवा अझै अघि नआएको टिप्पणीसमेत गरे।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको