Like us!
Follow us!
Connect us!
Watch us!

अटो लोनको प्रतिस्पर्धामा बैंकहरु, कसको ब्याजदर कति ?

अर्थ संसार

बुधबार, ०४ भदौ २०८२, १३ : ५५ मा प्रकाशित

अटो लोनको प्रतिस्पर्धामा बैंकहरु, कसको ब्याजदर कति ?

मंगलबार देखि भृकुटिमण्डपमा सुरु भएको छ । १७ औं संस्करणको नाडा आटो शोलाई लक्षित गरेर बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । 

मेलामा दुई तथा चार पाङ्ग्रे सवारी साधन गरिद गर्नेलाई गाडी कम्पनीहरुले छुट दिने नै छन् । शोमा गाडी खरिद वा बुक गर्नेलाई विभिन्न बैंकहरुले समेत कर्जा लिँदा छुट दिने भएका छन् । अहिले केही बैंकहरुले नाडा अटो शो लक्षित कर्जाको योजना ल्याएका अघि सारेका छन् । 

बैंकहरुले निश्चित समयका लागि निश्चित दरमा गाडी कर्जा दिने जनाएका छन् । नाडा अटो शोका लागि नबिल बैंकले आधारदरमा १ प्रतिशत प्रिमियम थपेर गाडी कर्जा दिने योजना अघि सारेको छ । हाल बैंकको आधारदर ५.७४ प्रतिशत छ । बैंकबाट अटो कर्जा लिनेले ७ वर्षका लागि ६.७४ प्रतिशत ब्याजमा कर्जा पाउनेछन् । त्यस्तै हिमालयन बैंकले ८ वर्ष अवधिका लागि सवारी कर्जा दिने भएको छ ।  बैंकले ७.५० प्रतिशत ब्याजदरमा सवारी कर्जा दिने जनाएको छ । त्यस्तै ग्लोबल आइएमई बैंकले ६.९९ प्रतिशतमा अटोलोन दिने छ । यता कृषि विकास बैंकले ६.२३ प्रतिशतमा ईभी लोन दिने जनाएको छ । बैंकले सेवा शुल्कमा ३३ प्रतिशतसम्म छुट दिने समेत जनाएको छ । 

यस्तै शोका लागि नै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६.२९ प्रतिशत ब्याजदरमा कर्जा दिने जनाएको छ । हाल बैंकको आधारदर ५.७९ प्रतिशतमा ०.५ प्रतिशत थप गरी ६.२९ प्रतिशतमा कर्जा दिने जनाएको छ । लक्ष्मी सनराइज बैंकले आधारदरमा १ प्रतिशत प्रिमियम थपेर कर्जा दिने जनाएको छ । हाल बैंकको आधारदर ६.३५ प्रतिशत छ । त्यसमा १ प्रतिशत प्रिमियम थपेर ७.३५ प्रतिशत ब्याजमा अटो लोन दिने जनाएको छ । यसको अवधि सात वर्ष रहेको छ । 

यता एनएमबि बैंकले ७ वर्ष अवधिका लागि ८.८९ फिक्स्ड ब्याजदर र ७.१३ प्रतिशत फ्लोटिङ दरमा कर्जा दिने जनाएको छ । सानिमा बैंकले ५ र ७ वर्ष अवधिका लागि फरक फरक ब्याजदर तोकेको छ । पाँच वर्षका लागि ७.९९ र सात वर्षमा ८.१५ प्रतिशत ब्याजदरमा गाडी कर्जा दिने जनाएको छ । सेवा शुल्क ०.५० प्रतिशत रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको