Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ उपकरण प्रयोग गरि ३० अर्ब रुपैयाँ प्रशोचन गर्दै राष्ट्र बैंक

अर्थ संसार

बुधबार, ०४ भदौ २०८२, १० : २० मा प्रकाशित

बैंकिङ उपकरण प्रयोग गरि ३० अर्ब रुपैयाँ प्रशोचन गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । केन्द्रीय बैंकले २५ दिनका लागि उक्त रकम आज बजारबाट उठाउन लागेको हो । 

यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

यो २५ दिने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी भदौ २९ गते गरिने राष्ट्र बैंकले जनाएको छ । पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था हुँदा राष्ट्र बैंकले निरन्तर रुपमा बजारबाट रकम उठाइरहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको