Like us!
Follow us!
Connect us!
Watch us!

'भ्रष्टाचारको विषयमा सरकार गम्भीर, प्रधानमन्त्रीले घरभित्रको मान्छे भए पनि नछोड्ने '

अर्थ संसार

बुधबार, ३१ साउन २०८०, १२ : ५५ मा प्रकाशित

'भ्रष्टाचारको विषयमा सरकार गम्भीर, प्रधानमन्त्रीले घरभित्रको मान्छे भए पनि नछोड्ने '

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रष्टाचारको विषयमा सरकार गम्भीरतापूर्वक लागेको बताएकी छिन् । प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्ताे बताएकी हुन् ।

“भ्रष्टाचारको विषयमा सरकार गम्भीरतापूर्वक लागेको छ”, उनले भनिन्, “प्रधानमन्त्रीले घरभित्रको मान्छे भए पनि नछोड्ने भन्नुभएको छ । अनुसन्धान निष्कर्षमा पुर्‍याउने छौँ ।”

भ्रष्टचार, अनियमितताका विरुद्धमा लड्न सरकारलाई सबैको साथ र सहयोग आवश्यक पर्नेमा मन्त्री शर्माले जोड दिइन् । “सरकारले सुन तस्करी, भुटानी शरणनार्थीलगायत अन्य भ्रष्टचारका घटनामा अनुसन्धानलाई जसरी अगाडि बढाएको छ, यसमा सबैको साथ र सहयोग आवश्यक छ”, उनले भनिन् ।

सरकारका प्रवक्ता मन्त्री शर्माले यस्ता गम्भीर विषय सञ्चारमाध्यमले उजागर गरेकाले सरकारलाई थप अनुसन्धान गर्न सहयोग पुगेको भन्दै सम्पूर्ण सञ्चारमाध्यमको प्रशंसा गरिन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको