भारत सरकारले हालै नेपालका दुई जलविद्युत् आयोजनाबाट उत्पादन हुने ८० मेगावाट विद्युत् आयात गर्न अनुमति दिएको छ। यसअघि अनुमति प्राप्त १०१०.९ मेगावाटमा यो नयाँ परिमाण थपिँदा भारततर्फ निर्यात हुन सक्ने कुल विद्युत् क्षमता १०९०.९ मेगावाट पुगेको छ। त्यस्तै, बंगलादेशतर्फ स्वीकृत ४० मेगावाट निर्यात समेत जोड्दा, नेपालबाट विद्युत् निर्यातको कुल स्वीकृत क्षमता ११३०.९ मेगावाट पुगेको छ।
यसअघिको निर्णयअनुसार भारत सरकारले साउन २६ गते २०० मेगावाट विद्युत् आयातको अनुमति दिएको थियो। त्यसपछि भदौ ५ गते थप ८० मेगावाट आयात गर्न सहमति दिइएको हो। यो अनुमति वाइल्याटरल सम्झौता अन्तर्गत मध्यम अवधिका लागि प्रदान गरिएको हो, जुन २०२५ अगस्ट २१ देखि २०२६ अक्टोबर ३१ सम्मका लागि लागू हुनेछ।
यो पटक अनुमति पाएका आयोजनाहरूमा मेवा खोला हाइड्रोपावर ४८.५ मेगावाट र करुवा सेती हाइड्रोपावर ३१.०४ मेगावाट रहेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस