भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानहरू अवतरण गर्न कठिन भएको छ । विमान अवतरण हुन नसक्दा अहिले आकाशमै विमानहरुले फन्को लगाइरहेका छन् ।
निरन्तर रुपमा पानी परेकाले भिजिविलिटी कम भएको हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू होल्डमा राखिएको नागरिक उड्यन प्राधिकरणले जनाएको छ । विमानहरु लाहान, गढीमाइ, उदयपुर, वीरगञ्ज, निजगढको आकाशमा फन्को मारिरहेका छन् । भद्रपुरबाट काठमाडौं आएको बुद्धको जहाजले गढीमाई कलैया आकाशमा ५ फन्का मारिसकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस