सागर डिष्टिलरी लिमिटेडले वैदेशिक रोजगारीतर्फका नेपालीलाई लक्षित गरी ल्याएको प्राथमिक सेयर (IPO) को बाँडफाँड सम्पन्न भएको छ। भदौ ६ गते गरिएको बाँडफाँड प्रक्रियाको जिम्मेवारी बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले सम्हालेको थियो।
कम्पनीले साउन २८ गतेदेखि भदौ १ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ४५ हजार २ सय कित्ता सेयर निष्काशन गरेको थियो। सो अवधिमा १४ हजार ५२० जनाले आवेदन दिएका थिए र सबै आवेदकलाई सेयर वितरण गरिएको कम्पनीले जनाएको छ।
बाँडफाँडको नतिजा मुक्तिनाथ क्यापिटलको वेबपोर्टलमा हेर्न सकिनेछ। साथै, सिडिएस एण्ड क्लियरिङद्वारा सञ्चालित ‘IPO Result’ वेबसाइट र ‘मेरो सेयर’ मार्फत पनि लगानीकर्ताले आफ्नो नतिजा हेर्न सक्ने व्यवस्था गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस