सागर डिष्टिलरी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत सर्वसाधारणमा सेयर वितरण गरेको मितिदेखि लागू भएको लकइन व्यवस्था अब अन्त्यतिर पुगेको छ। सामूहिक लगानी कोषहरूलाई छुट्याइएका ७२ हजार ६०० कित्ता सेयरको लकइन अवधि आगामी चैत ११ गते सकिने भएको हो।
धितोपत्र सम्बन्धी विद्यमान व्यवस्थाअनुसार, सर्वसाधारणलाई आईपीओ बाँडफाँड गर्दा सामूहिक लगानी कोषका नाममा छुट्याइने सेयर कम्तीमा छ महिनासम्म लकइनमा राख्नुपर्ने प्रावधान छ। सोही कानुनी व्यवस्था अनुसार सागर डिष्टिलरीले कोषहरूलाई बाँडफाँड गरेको सेयर हालसम्म कारोबार गर्न नपाइने अवस्थामा थियो।
कम्पनीले आईपीओ निष्काशन गर्दा सर्वसाधारणका लागि खुला गरिएको कुल सेयरमध्ये पाँच प्रतिशत बराबर हुन आउने ७२ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई विनियोजन गरेको थियो। उक्त सेयरको लकइन अवधि चैत ११ गते औपचारिक रूपमा समाप्त हुनेछ।
लकइन अवधि सकिएसँगै चैत १२ गतेदेखि ती सेयर धितोपत्रको दोस्रो बजारमा किनबेच गर्न मिल्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस