Like us!
Follow us!
Connect us!
Watch us!

बजार किन घटीरहेको छ ? यस्तो छ रौनियार धारणा

अर्थ संसार

आइतबार, ०८ भदौ २०८२, १५ : ५५ मा प्रकाशित

बजार किन घटीरहेको छ ? यस्तो छ रौनियार धारणा

नेपाल इन्भेष्टर फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले अहिले सेयर बजार घट्नुको कारण लगानीकर्ताले नाफा सुरक्षित गरेर पर्ख र हेरको अवस्थाका कारणले भएको बताएका छन् । अर्थसंसारसँगको कुराकानीमा रौनियारले बजारको स्वाभाव नै घटबढ हुने किसिमको हुने भएकाले बजार घट्नृु र बढ्नु स्वभाविक रहेको भन्दै अहिले नाफा सुरक्षित गर्नेले नाफा र नोक्सान पनि सुरक्षित गरेकाले बजार घटीरहेको बताएका हुन् । 

‘सेयर बजारमा ट्रेडर्सहरु हावी हुने र उनीहरुले नाफा बुक गर्ने क्रमले बजार घट्न थालेको हो । बजार घट्न थालेपछि साना तिना लगानीकर्ताले नोक्सानी बुक गरे,’ उनले भने, ‘जान्नेहरुले पहिला प्रोफिट बुक गरे नजान्नेले लस बुक गरे ।’ यसले आम लगानीकर्ताको मनोभावनामा असर गरेकाले बजार घटेको उनको भनाइ छ । 'यस बीचमा नेपाल धितोपत्र बोर्डले लगानीकर्ताले ब्रोकरकहाँ पैसा राखे पछि मात्रै कारोबार गर्न पाउने भन्ने खालको सूचना पनि जारी गर्यो । यो कारणले पनि बजार घटेको अवस्था हो । पछि फिर्ता लिएको अवस्था छ ' उनले भने।   

यस्तै,दोहोरो आईजीनको कारणले गर्दा पनि बजारमा नकारात्मक असर गरेको रौनियारको भनाइ छ । लगातार १२–१३ दिन बढे पछि बजार घटेको हो । २६५० बाट बढेको बजार अहिले २७५० को आसपासमा रहेकाले समग्रमा बजार घटेको भन्दा पनि ३००० विन्दुबाट भने घटेको उनले बताए । बजार पहिला बढेर घटेको अवस्थामा यसलाई स्वभाविक मान्न सकिने उनको भनाइ छ ।

अहिले सबै सूचकहरु सकारात्मक रहेकाले बजार बढ्नु पर्ने उनले बताए । अहिले बजार ३२०० माथि पुगेको समयको जस्तै सूचक भएकाले बजार बढ्नु पर्ने उनको भनाइ छ । अहिले बजारमा तरलता अधिक छ । ‘अहिले ब्याजदर पनि कम नै रहेको अवस्था छ । बजार घट्नु पर्ने कारण केही छैन । तर बजारको स्वभाव नै घट्ने र बढ्ने भएकाले अहिले बजार घटेको छ । केही समयमा बढ्छ,’ उनले भने । बजारमा अहिले डराउनु पर्ने अवस्था भने नरहेको रौनियारको भनाइ छ ।  अहिलेका सूचकले बजार दशैँ अघि बढ्नु पर्ने उनको भनाइ छ । ‘अहिले सबै सूचक सकारात्मक भएकाले बजार दशैँ अघि बढ्नु पर्ने हो । तर लगानीकर्ताको मनोबल बढ्न नसकेको अवस्थामा बजार नबढ्न पनि सक्छ,’ उनले भने । अहिलेको अवस्था कति लम्बिन्छ भन्ने विषयले पनि बजारको अवस्था निर्धारण गर्ने उनले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको