नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा पूर्वकप्तान पारस खड्काले देशको वर्तमान अवस्थाप्रति गहिरो निराशा व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले एक भावनात्मक स्टाटस लेख्दै देशमा कामभन्दा भाषण बढी हुने प्रवृत्ति, सही–गलत मूल्याङ्कनको अभाव र व्यक्तिगत स्वार्थको राजनीति प्रति आक्रोश पोखेका हुन्।
उनले लेखेका छन्, “हाम्रो देश, नामको देश। जता हेरे, त्यतै निराशा, काम भन्दा भाषण बढी, गलत र सही मूल्याङ्कन नभएको सामाजिक मानसिकता।”
हालैका आन्दोलन र त्यसक्रममा भएको हिंसात्मक दमनप्रति दुःख व्यक्त गर्दै उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। पारसले शहीदको परिभाषामाथि प्रश्न उठाउँदै भनेका छन्, “शहीद भएका छन्, धेरैलाई बनाइएको छ। सायद मर्नु शहीद हुनु हो भने, हामी सबै धेरै अघि नै शहीद भइसकेका छौँ।”
उनको यस स्टाटसले राजनीतिक अस्थिरता, कुशासन र दमनकारी अवस्थाप्रति गहिरो असन्तोष प्रकट गरेको देखिन्छ। क्रिकेटमैदानमा नेपाली युवालाई आशा दिलाउने पारसले यस पटक सामाजिक अवस्थाप्रति भने निराशा व्यक्त गर्दै “निशब्द” भएको टिप्पणी गरेका छन्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस