Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकले १ अर्ब ३८ करोडको हकप्रद निष्काशन गर्ने

मंगलबार, २१ मंसिर २०७३, ११ : ०९ मा प्रकाशित

सिटिजन्स बैंकले १ अर्ब ३८ करोडको हकप्रद निष्काशन गर्ने

अर्थ संसार
काठमाडौं– सिटिजन्स बैंक इण्टरनेशनलले २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न सानिमा क्यापिटललाई विक्री प्रवन्धक नियुक्त गरेको छ । बेंकको दशौं वार्षिक साधारणसभाले पारित गरेवमोजिम बैंकले हकप्रद जारी गर्न लागेको हो ।

बैंकले सानिमा क्यापिटलसँग गरेको सम्झौताअनुसार १ करोड ३८ लाख ४३ हजार ३ सय ८० कित्ता हकप्रद शेयर निष्काशन चालु आर्थिक वर्षको तेस्रो त्रयमाससम्ममा निष्काशन गरिने छ । सम्झौता पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरे ।

बैंकको चुक्ता पूंजी ५ अर्व ५३ करोड ७३ लाख ५१ हजार रुपैयाँ छ । हकप्रद शेयर वितरणपछि बैंकको चुक्ता पूंजी ६ अर्व ९२ करोड १६ लाख ९० हजार पुग्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको