Like us!
Follow us!
Connect us!
Watch us!

मेरो रिस वृद्ध बाआमा बसेको घरमा पोख्ने साथीहरूको फलोस् फुलोस् - गभर्नर पौडेल

अर्थ संसार

विहीबार, २६ भदौ २०८२, ०७ : ३७ मा प्रकाशित

मेरो रिस वृद्ध बाआमा बसेको घरमा पोख्ने साथीहरूको फलोस् फुलोस् - गभर्नर पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आफूले जीवनभर कसैसँग एक रुपैयाँ पनि नलिएको भए पनि आफूमाथिको रिस आफ्नो आमाबाबु बस्ने घरमा पोखिएको गुनासो गरेका छन् । 

चितवनस्थित घरमा भएको आक्रमणको भिडियो सार्वजनिक गर्दै उनले पहिलो आक्रमण ८२ वर्षीय, कान कम सुन्ने र मुटुको अपरेसन भएकी आमाको कोठामा भएको बताए।  'यो मेरो गाउँको घर हो। गभर्नर भएपछि पनि हरेक हप्ता म एक छाक भएपनि  बाआमासँग खाना खान पुग्ने गर्थेँ,' पौडेल लेख्छन्, 'अहिले मेरो बा पनि ८७ वर्षको हुनुभयो। ६७ वर्ष अघि चितवन झर्नुभएका बाका सबै सन्तान यही जन्मेका हुन् ।'

पौडेलले आफूले कहिल्यै कसैसँग पैसा नमागेको स्पष्ट पार्दै उनले भने,'चितवनमा सधै कक्षामा फस्ट हुन्थे। गाउँको केही सुविधा नभएको स्कुल पढेर दाइ अहिले अमेरिकामा प्राध्यापक हुनुहुन्छ । म भने नेपालमै बस्ने गरि आएपछि केयुमा प्राध्यापक भएँ।'

उनले आफू विद्यार्थी हुँदा १५ वर्ष अघि नै यो घर बनाइएको समेत प्रष्ट पारे । पौडेल भन्छन्,'मेरो रिस मेरो भैसेपाटीको घर जलाएर नपुगी मेरा वृद्ध बाआमा बसेको चितवनको घरमा पोख्ने साथीहरूको फलोस् फुलोस्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको