नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकहरुलाई नयाँ क्षेत्रमा लगानी गर्न खोज्न निर्देशन दिएका छन्। शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को साधारण सभामा बोल्दै गभर्नर पौडेलले यस्तो बताएका हुन् ।
बैंकहरुलाई परेको सबै सहयोग गर्न तयार रहेको बताउँदै गभर्नर पौडेलले भने, ‘कहाँ लगानी गर्ने खोज्नु, कसरी ग्रोथ गर्ने खोज्नु र इन्टरप्रेनरतिर पनि खोजी गर्नु । नयाँ ठाउँ कहाँ छ खोज्नु । जसरी हुन्छ नयाँ क्षेत्र खोजेर लगानी गर्नु ।’
नयाँ ठाउँमा लगानी गर्न कुनै समस्या आएमा आफू सहयोग गर्न तयार रहेको उनले बताए। त्यसका लागि सँगै काम गर्न राष्ट्र बैंक पछि नहट्ने पनि उनले बताए। कहाँ लगानी गर्ने र त्यसबाट कसरी प्रतिफल ल्याउने भन्ने विषयमा विस्तृत छलफल आवश्यक रहेको उनले औँल्याए। त्यस्तै, लगानीको तालिका लामो समयदेखि प्रभावित भएको उनले जानकारी दिनुभयो।
गभर्नर पौडेलले भने, ‘जनताको लगानी गर्ने मनोबल अझै माथि उठ्न सकेको छैन । यो जेनजीपछि मात्रै आएको समस्या पनि होइन । एक दुई वर्षदेखि नै यस्तो समस्या देखिरहेको छ ।’ राज्यले पनि अहिले ह्वात्तै खर्च गर्ने ठाउँहरू नभएकाले बण्ड जस्ता जारी गर्नुपर्ने आवश्यक रहेको उनले बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस