Like us!
Follow us!
Connect us!
Watch us!

सभामुखको समन्वयमा वैधानिक प्रक्रियाबाटै नयाँ सरकार गठन प्रक्रिया अघि बढाउनुपर्छ–विद्या भण्डारी

अर्थ संसार

विहीबार, २६ भदौ २०८२, १६ : ०४ मा प्रकाशित

सभामुखको समन्वयमा वैधानिक प्रक्रियाबाटै नयाँ सरकार गठन प्रक्रिया अघि बढाउनुपर्छ–विद्या भण्डारी

पूर्वराष्ट्रपति विद्या भण्डारीले वैधानिक प्रक्रियाबाटै निकास निकाल्नु पर्ने बताएकी छिन् । उनले विज्ञप्ति जारी गर्दै जस्तोसुकै विषम राजनीतिक परिस्थिति भएपनि सही निकास निकाल्न संविधानको मर्म र भावनालाई आत्मसात गर्दै संवैधानिक प्रावधान अनुसार अगाडि बढ्नुपर्ने बताएकी हुन् । 

नेपाली जनताले लोकतान्त्रिक प्रणाली एवं गणतन्त्रको स्थापनाका लागि बलिदानीपूर्ण संघर्ष गरेको गौरवाशाली इतिहास रहेको उनको भनाइ छ । विज्ञप्तिमा भनिएको छ, ‘लामो राजनीतिक संक्रमणकाललाई समाप्त पार्दै दिगो शान्ति र राजनीतिक स्थायित्व कायम गरेर सामाजिक न्याय र समानतामा आधारित विकसित नेपाल बनाउने हेतुले जननिर्वाचित संविधानसभाले बनाएको नेपालको संविधान २०७२ हाल कार्यान्वयनमा रहेको छ ।’
नेपाली जनताको त्याग, समर्पण र बलिदानको प्रतीकको रूपमा रहेको अहिलेको संविधान एउटा उत्कृष्ट संविधान रहेको बताइन् ।

विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले जस्तोसुकै विषम राजनीतिक परिस्थितिमा पनि यसको सही निकास निकाल्न संविधानको मर्म र भावनालाई आत्मसात गर्दै संवैधानिक प्रावधान अनुसार अगाडि बढ्नु पर्दछ । प्रधानमन्त्रीले राजीनामा दिएर राष्ट्रपतिले स्वीकृत गरेपछिको अवस्थामा सरकार काम चलाउ छ, तर हामीसँग मुलुकको संविधान बमोजिम गठित राष्ट्रपति र जननिर्वाचित संसद जस्ता संस्थाहरू कायम नै छन् । त्यसकारण, अहिलेको अवस्थामा राष्ट्रपति, प्रतिनिधिसभाका सभामुखको समन्वयका आधारमा वैधानिक प्रक्रियामार्फत अर्को मन्त्रीपरिषद गठन प्रक्रिया अगाडि बढाउनु पर्दछ । यस प्रक्रियामा सम्माननीय राष्ट्रपतिले पहलकदमी लिनु पर्दछ ।’ जेन–जी पुस्ताको माग र चाहनालाई अभिव्यक्त गर्ने कुरामा गम्भीरतापूर्वक ध्यान पु¥याउँदै संविधानभित्रबाट नै वर्तमान राजनीतिक समस्याको समाधान निकाल्नुपर्ने उनको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको