संसदीय सुनुवाइ समितिका सभापति रामहरि खतिवडाले संविधानको दायराभित्र रहेरै सरकार गठन गर्नुपर्नेमा जोड दिएका छन्।
उनले संविधान नै देशको आधार भएकाले त्यसलाई जोगाउनुपर्ने र नेपाललाई जल्न नदिन सबै जिम्मेवार हुनुपर्ने बताएका छन्।
‘संसद् भवन जल्यो, सिंहदरबार जल्यो, सर्वोच्च अदालत र अदालतहरू जले, राष्ट्रपति कार्यालय जल्यो, राष्ट्रपति निवास पनि जल्यो । प्रधानमन्त्री कार्यालय र निवास जल्यो । धेरै संरचना जले । अब देशमा भएको संविधान नजलोस्, नेपाल नजलोस् । संविधान अनुसार सरकार बनोस्,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
भदौ २३ र २४ गते भएका घटनाप्रति दुःख व्यक्त गर्दै खतिवडाले घटनाको छानबिन गरी दोषीलाई कारबाहीबाट उम्किन दिन नहुने बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस