Like us!
Follow us!
Connect us!
Watch us!

३५ कारागारबाट १३ हजार कैदी फरार, कुन जेलबाट कति ?

अर्थ संसार

शुक्रबार, २७ भदौ २०८२, १६ : ०२ मा प्रकाशित

३५ कारागारबाट १३ हजार कैदी फरार, कुन जेलबाट कति  ?

‘जेन जी’ आन्दोलनका क्रममा देशभरका विभिन्न जेल र बाल सुधार गृहबाट १३,११४ जना कैदीबन्दी फरार भएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्रले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार, तीमध्ये हालसम्म १,२९८ जना मात्र पुनः नियन्त्रणमा लिइएका छन् वा सम्पर्कमा आएका छन्।

केन्द्रले सातै प्रदेशबाट संकलन गरेको तथ्यांकअनुसार अझै पनि ११,८१६ जना कैदीबन्दी फरार छन्। जेलबाट भाग्ने क्रममा ९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। जेन जी आन्दोलनअघि देशभरका कारागार र बाल सुधार गृहमा १६,७९७ जना रहेका थिए। तर हाल त्यसमध्ये ४,८९५ जना मात्रै पुनः कारागारमा रहेका छन्। ३५ जिल्लाका जेल र बाल सुधार गृहबाट कैदीबन्दी भागेका हुन्। 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको