Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आईएमई बैंककाे ब्याजदर सार्वजनिक, कुन खतामा कति पाइन्छ ?

अर्थ संसार

मंगलबार, ३१ भदौ २०८२, ११ : ०८ मा प्रकाशित

ग्लोबल आईएमई बैंककाे ब्याजदर सार्वजनिक, कुन खतामा कति पाइन्छ ?

ग्लोबल आइएमई बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर घोषणा गरेको छ। बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर भने स्थिर राखेको छ भने संस्थागत निक्षेपतर्फको ब्याजदर घटाएको छ।

असोज महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६ प्रतिशत र संस्थागत निक्षेपमा ३.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ। भदौ महिनामा व्यक्तिगत निक्षेपमा अधिकतम ६ प्रतिशत र संस्थागतमा ४.२५ प्रतिशत ब्याजदर लागू थियो। असोज महिनामा व्यक्तिगत निक्षेपका लागि ३ देखि ६ महिनासम्म ३.७५ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्म ४ प्रतिशत, १ वर्षदेखि २ वर्षसम्म ५ प्रतिशत, २ वर्षदेखि ३ वर्षसम्म ५.७५ प्रतिशत र ३ वर्षभन्दा बढीका लागि ६ प्रतिशत ब्याजदर दिइने बैंकले जनाएको छ।

संस्थागत निक्षेपकर्तालाई भने ६ महिनादेखि १ वर्ष तलका लागि २.७५ प्रतिशत र १ वर्षदेखि २ वर्ष तलका लागि ३.२५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको