Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य, अध्यादेशको बाटो खुला

अर्थ संसार

मंगलबार, ३१ भदौ २०८२, २० : ०८ मा प्रकाशित

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य, अध्यादेशको बाटो खुला

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको व्यवस्था अनुसार राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ। संविधानको धारा ९३(२) बमोजिम मन्त्रिपरिषद् बैठकको सिफारिसमा भदौ ३१ गते मंगलबार राति १२ बजेदेखि अधिवेशन समाप्त गरिएको हो।

भदौ ३० गते बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। संविधानले संसद अधिवेशन आह्वान र अन्त्य गर्ने अधिकार राष्ट्रपतिलाई मन्त्रिपरिषद्को सिफारिसमा दिने व्यवस्था गरेको छ।

यसअघि नै प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा अब राष्ट्रिय सभाको चालु अधिवेशन पनि बन्द भएको छ। यससँगै संसदको कुनै पनि सदन सञ्चालनमा नरहेकाले सरकारलाई अध्यादेशमार्फत कानूनी व्यवस्था गर्ने बाटो खुलेको छ।

संविधानले संसद अधिवेशन नरहेको समयमा जरुरी परे सरकारले अध्यादेशमार्फत कानून ल्याउन सक्ने प्रावधान गरेको छ। राष्ट्रपतिबाट जारी हुने अध्यादेशले कानूनी स्वरूप लिने भएकाले अब सरकार निकट भविष्यमै केही अध्यादेश ल्याउने सम्भावना रहेको राजनीतिक विश्लेषकहरूको आकलन छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको