Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन जनरलको नाफा ५ करोड

शुक्रबार, २६ माघ २०७४, १३ : ०५ मा प्रकाशित

हिमालयन जनरलको नाफा ५ करोड

अर्थ संसार, काठमाडौं – हिमालयन जनरल इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड १० लाख ११ हजार रुपैयाँमा खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा ४ करोड ३ लाख ५२ हजार रुपैयाँ रहेको खुद नाफा यो वर्ष २६।४२५ ले वृद्धि भएको हो । कम्पनीको खुद बिमा शुल्क आर्जन पनि १५.१९५ ले बढेर १७ करोड ५० लाख ५६ हजार रुपैयाँ पुगेको छ ।

गत वर्ष यो इन्सुरेन्सको खुद बिमा शुल्क आर्जन १५ करोड १९ लाख ७० हजार रुपैयाँ मात्र थियो । कम्पनीको पुनर्बिमा कमिसन आज भने घटेको छ । गत वर्षको यही अवधिमा ५ करोड १० लाख ९३ हजार रुपैयाँ रहेको पुनर्बिमा कमिसन आय यो वर्ष ४ करोड २८ लाख ५० हजार रुपैयाँमा सीमित भएको छ ।
 
यता, हिमालयनले दोस्रो त्रैमाससम्म कुल १४ करोड ७६ लाख २३ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।

कुल दाबी भुक्तानी हुन बाँकी रकम भने ४ अर्ब २९ करोड ९१ लख ८२ हजार रुपैयाँ छ । हिमालयनको चुक्ता पुँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँ छ । बिमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउन यो इन्सुरेन्सले गत वर्षको तुलनामा १६६.६६५ ले पुँजी वृद्धि गरेको हो ।

रिजर्भ कोषमा पनि ५६५ ले सुधार गरी ११ करोड ६८ लाख २३ हजार रुपैयाँ जम्मा गरेको छ । यता, बिमा कोषको आकार पनि २५.१९५ ले फराकिलो बनाएको छ । अहिले इन्सुरेन्सको बिमा कोषमा ३५ करोड ६५ लाख ९ हजार रुपैयाँ छ । हिमालयनको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ८ पैसा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको